शेर्पा सञ्चार समुह नेपालले सञ्चार माध्यममा सक्रिय शेर्पा पत्रकारहरुका लागि कोरोना बीमा गर्ने - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Tuesday, June 2, 2020

शेर्पा सञ्चार समुह नेपालले सञ्चार माध्यममा सक्रिय शेर्पा पत्रकारहरुका लागि कोरोना बीमा गर्ने

काठमाडौँ, कोरोना संक्रमणले निम्त्याउन सक्ने आर्थिक जोखिमलाई लक्षित गर्दै शेर्पा सञ्चार समूह नेपालले शेर्पा पत्रकारहरुको बीमा गर्ने भएको छ ।

कोभिड १९ को संक्रमणको जोखिमलाई मध्यनजर गरी शेर्पा सञ्चार समूह नेपालले विभिन्न सञ्चार माध्यममा सक्रिय शेर्पा पत्रकारहरुका लागि एक लाख बराबरको कोरोना बीमा गर्ने निर्णय गरेको अध्यक्ष निम्लेकी शेर्पाले जानकारी दिनुभयो । सोहि निर्णय अनुसार काठमाडौँ लगायत विभिन्न जिल्लामा रहि सञ्चार क्षेत्रमा सक्रिय शेर्पा पत्रकारहरुको तथ्याङ्क संकलन सुरु गरिएको छ ।

कोरोनाको उपचार सरकारले नै गर्ने प्रतिवद्धता जनाएको छ । तर लामो समय अस्पताल वा क्वारेन्टाइनमा बस्नुपर्ने अवस्थामा व्यक्तिको पेशा प्रभावित हुने भएकाले सो रकमबाट घरखर्च चलाउन मद्दत पुग्ने र कोरोनाबाट परिवारमा पर्न सक्ने आर्थिक जोखिमलाई न्यून गर्न मद्दत पुग्ने विस्वासले कोरोना बीमा गर्ने लागिएको अध्यक्ष शेर्पाले बताउनु भयो ।

उहाँले सञ्चार क्षेत्रमा आबद्ध शेर्पा पत्रकारहरुलाई कोरोना बिमाका लागि आवश्यक कागजपत्र सहित आफ्नो विवरण उपलब्ध गराई दिनुहुन अनुरोध समेत गर्नुभयो ।



from Sherpa media Group Nepal https://ift.tt/2Mp3Txe

No comments:

Post a Comment

Pages