गुम्बाको प्राचिन सामान चोरीको अभियोगमा ७ जना आरोपी स्थानीय युवाहरूको नियन्त्रणमा - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Monday, May 4, 2020

गुम्बाको प्राचिन सामान चोरीको अभियोगमा ७ जना आरोपी स्थानीय युवाहरूको नियन्त्रणमा

सोलुखुम्बु : दिङवोचेको शिरानमा अवस्थित नाम्खोजाङ गुम्बाको प्राचिन सामान चोरीमा संलग्न रहेको अभियोगमा ७ जनालाई सोलुखुम्बु पाङवोचेका स्थानीय युवाहरुले नियन्त्रणमा लिई प्रहरीले बुझाएको छ । अभियुक्तहरुलाई दिङ्बोचेबाट ३ जना, फोर्चेबाट ४ जना नियन्त्रणमा लिएको थियो।


गुम्बाबाट पूजाका सामग्रीहरु पुरानो जाम्टा ३ जोर, पुरानो शंख २ थान, सनाही १ जोर, पुरानो काक्लिङ १ जोर, पुरानो जिमाला, नर्थ फेस टेन्ट १ थान, कम्लब ४ थान र भेटी रकम १५ हजार रुपैयाँ चोरी हुनुको साथै पुरानो मूर्ति तोडफोड भएको थियो । घटना बारे बिभिन्न अनलाइन मिडियामा तथ्यहीन समाचार प्रकाशन भएकोभन्दै आमाडब्लम युवा क्लब खुम्बु पसाङ्ल्हामु गा.पा.- ४, पाङ्बोचे सदस्य कुङ्ग ग्येसो शेर्पाले हिमाली संदेश लाई जानकारी दिनु भयो

नियन्त्रणमा लिएको मध्ये सोलुखुम्बु महाकुलुङ गाउँपालिका २ बुङ घर भई खुम्बु पासाङल्हामु गाउँपालिका ४ पाङबोचे बस्ने राजेश राई, भोजपुर ट्याम्केमयु गाउँपालिका घर भई सोलुखुम्बु खुम्बु पासाङल्हमु गाउँपालिका ४ दिंबोचे बस्ने राजेश राई र सोलुखुम्बु माहाकुलुङ गाउँपालिका २ पेल्माङ घर भई खुम्बु पासाङल्हामु गाउँपालिका ४ फोर्चे बस्ने मदन राई लाई सार्बजनिक गर्दै घटनाका बारेमा थप अनुसन्धान भइरहेको बताउदै जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।

The post गुम्बाको प्राचिन सामान चोरीको अभियोगमा ७ जना आरोपी स्थानीय युवाहरूको नियन्त्रणमा appeared first on .



from https://ift.tt/3dezJrN

No comments:

Post a Comment

Pages