साम्दे शेर्पा स्मृति पुरस्कार तीनजना कलाकारलाई - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Friday, February 21, 2020

साम्दे शेर्पा स्मृति पुरस्कार तीनजना कलाकारलाई

तस्बिर : फाइल

हाँस्य कलाकार साम्दे शेर्पाको स्मृतिमा स्थापित ३ जना कलाकारलाई दिइने भएको छ ।

साम्दे शेर्पा राष्ट्रिय पुरस्कार हाँस्य कलाकार ध्रुवरत्न हाडा, साम्दे शेर्पा नव प्रतिभा पुरस्कार हाँस्य कलाकार दीपाश्री निरौला र साम्दे शेर्पा स्मृति पुरस्कार कलाकार आङफुर्वा (एपी) शेर्पालाई प्रदान गर्न लागिएको हिमालयन शेर्पा सांस्कृतिक केन्द्रका अध्यक्ष छिरिङ शेर्पाले जानकारी दिए ।

हाँस्यवंग्य क्षेत्रमा चर्चित कलाकार शेर्पाको नाममा स्मृतिमा केन्द्रले पुरस्कार वितरण गर्दै आएको छ । केन्द्रले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा कार्यक्रम संयोजक आङडोमा शेर्पाले ग्याल्पो ल्होसारको पूर्वसन्ध्यामा फागुन ११ गते तीनै जना कलाकारलाई पुरस्कार दिन लागिएको जानकारी दिए ।

ल्होसारका अवसरमा केन्द्रले फागुन १० गते साम्दे शेर्पा स्मृति वक्तृत्वकला प्रतियोगिता र शेर्पाको मौलिक संस्कृति एवं पहिचान झल्कने कार्यक्रमसमेत गर्ने भएको छ । कार्यक्रम चुच्चेपाटीस्थित हायात चौरमा गरिनेछ ।

शेर्पा युवा पुस्ता सांस्कृतिक ज्ञानबाट पछि परेकाले विविध सांस्कृतिक कार्यक्रम आयोजना गर्न लागिएको केन्द्रले जनाएको छ । केन्द्रले विसं २०४९ देखि नै यस्ता कार्यक्रम आयोजना गर्दै आएको सो अवसरमा जानकारी गराइएका थिए ।

The post साम्दे शेर्पा स्मृति पुरस्कार तीनजना कलाकारलाई appeared first on .



from https://ift.tt/2V9qKlZ

No comments:

Post a Comment

Pages