कोरोनाभाइरस: दक्षिण कोरियामा सङ्क्रमण बढ्दा रोकथाम गर्ने उपाय तीव्र - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Friday, February 21, 2020

कोरोनाभाइरस: दक्षिण कोरियामा सङ्क्रमण बढ्दा रोकथाम गर्ने उपाय तीव्र

दक्षिण कोरियाले घातक नयाँ कोरोनाभाइरसको सङ्क्रमण अझ फैलिन नदिने उद्देश्यले विभिन्न सुरक्षाका विभिन्न उपायहरू अवलम्बन गरेको छ। त्यहाँ दोस्रो दिन पनि उक्त भाइरसबाट सङ्क्रमित भएका मानिसको सङ्ख्या ह्वात्तै बढेको देखिएको छ ।

प्रधानमन्त्री चुङ स्ये-क्यूनले अहिले देशमा सङ्कटकालीन अवस्था भएको टिप्पणी गरेका छन्। दक्षिणी सहरहरू डाएगु र चेओङ्डोलाई “विशेष हेरचाह क्षेत्र” घोषणा गरिएको छ। डाएगुका सडकहरू अहिले प्राय: सुनसान छन् । परीक्षणमा कतिपय सैनिकहरूमा पनि कोरोनाभाइरस सङ्क्रमण भएको पाइएपछि दक्षिण कोरियाले सेनालाई पनि निश्चित घेरामा सीमित गरेको छ।

दक्षिण कोरियाको स्थिति के छ ?
एउटा धार्मिक समूहका सदस्यहरूमा कोरोनाभाइरसको सङ्क्रमण व्याप्त रहेको पाइएपछि अधिकारीहरूले त्यसका ९,००० सदस्यलाई आफैँ क्वारन्टीनमा बस्न भनेका छन् । त्यहाँ शुक्रवार ५२ जनामा कोरोनाभाइरस देखिएको पुष्टि भएको छ। अघिल्लो दिन ५३ मानिसमा सङ्क्रमण भएका बताइएको थियो । दक्षिण कोरियामा अब कुल १५६ जनामा कोरोनाभाइरस रहेको पुष्टि भएको छ। चीनबाहिर र जापानको तटनजिकै रोकिएको एउटा क्रूज पानीजहाजमा भएका सङ्क्रमित मानिसको सङ्ख्यापछि त्यो ठूलो सङ्ख्या हो ।

यसै हप्ता केहीअघि चेओङ्डो सहरमा अधिकारीहरूले दक्षिण कोरियामा पहिलो पल्ट एक मानिसको मृत्यु कोरोनाभाइरसका कारण भएको जनाएका थिए । ती पुरुष एउटा मानसिक स्वास्थ्य उपचार केन्द्रमा लामो समयदेखि उपचाररत बिरामी थिए। त्यहाँ उनीसहित अन्य १४ जनामा कोरोनाभाइरसको सङ्क्रमण देखिएको थियो ।

अहिले अन्यत्रको स्थिति के छ?
विश्वमा अहिलेसम्म ७६,००० भन्दा बढी मानिसमा कोभिड-१९ भएको पुष्टि भएको छ भने २,२४७ जनाको मृत्यु भएको छ । अधिकांश सङ्क्रमण र मृत्युका घटना चीनमा भएका छन्। चीनमा ७५,००० जनामा सङ्क्रमण भएको र २,२३६ जनाको मृत्यु भएको तथ्याङ्क छ । उक्त भाइरस विश्वका विभिन्न देशमा पनि फैलिएको छ । एशिया, युरोप, अमेरिका र अफ्रिकामा केही व्यक्तिको मृत्यु पनि भएको छ।

-Source: BBC Nepali

The post कोरोनाभाइरस: दक्षिण कोरियामा सङ्क्रमण बढ्दा रोकथाम गर्ने उपाय तीव्र appeared first on .



from https://ift.tt/2v3tt5L

No comments:

Post a Comment

Pages