खिजिदेम्बामा हुने प्रदेश नं.-१ स्तरीय ग्याल्पो लोसार कार्यक्रमको तयारी पुर - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Thursday, February 20, 2020

खिजिदेम्बामा हुने प्रदेश नं.-१ स्तरीय ग्याल्पो लोसार कार्यक्रमको तयारी पुर

दावा जाङ्बु शेर्पा ओखलढुंगा, प्रथम ऐतिहासिक प्रदेश नं.-१ स्तरीय बृहत ल्होसार सांस्कृतिक कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको आयोजकले बताइएको छ।

भाषा धर्म कला संस्कृति हाम्रो पहिचान पर्यटन वर्ष २०२० सफल पार्ने हाम्रो अभियान भन्ने मुल नाराका साथ नेपाल शेर्पा संघ संघीय अध्यक्ष गेल्जे लामा शेर्पा ज्युको प्रमुख अतिथ्यताको साथै नेपाल शेर्पा संघ प्रदेश नं.-१ अध्यक्ष ङावा लाप्टु शेर्पा प्रदेश नं.-३ अध्यक्ष आङछिरी शेर्पा श्रद्धाय धर्म गुरु खेन्पो पेमछिरि शेर्पा लगायत संघका सबै भद्रीसंठनका जिल्ला र गाउँ पालिका अध्यक्ष तथा विशिष्ट व्यक्तित्वहरुको विशेष अतिथ्यतामा हुने ऐतिहासिक प्रथम बृहत प्रदेश स्तरीय ग्याल्पो लोसार संस्कृतिक कार्यक्रम तयारी ७०% पुरा भैसकेको जनाइएको छ।

कार्यक्रमको लागि कलाकारदेखि पोस्टर पम्पेलेट ब्यानर छपाई प्रचार प्रसार काम लगायत अन्य काम समेत पूरा भएको छ। फागुन २० गते मंगलबारका दिन शेर्पा सञ्चार समुह ओखलढुंगाले बाइक र्‍याली विभिन्न समुदायको झांकी प्रदर्शन लोसार विशेष शुभकामना आदानप्रदान शिली नाच बच्छै बाजा टुङना र श्याब्रु प्रदर्शन राष्ट्रिय कलाकारहरुको प्रस्तुति डिजे सेसन लोसार कार्यक्रममा सहयोग गर्नुहुने सहयोगी मनहरुलाइ सम्मान तथा कदरपत्र तथा प्रतियोगितामा सफल हुनेहरुलाइ पुरस्कार वितरण श्रद्धाय धर्म गुरु खेन्पो पेमछिरी शेर्पा ज्युबाट लोसार विशेष धार्मिक प्रवचन हुने शेर्पा सञ्चार समूह नेपाल ओखलढुंगाका अध्यक्ष ङवाङ नुरी शेर्पाले बताउनु भयो। प्रतियोगिता तर्फ प्रथम,दित्तीय र तृतीय क्रमश नगर २०हजार १०हजार ५ हजार सहित प्रमाणपत्रको व्यवस्था रहेको छ

लोसार कार्यक्रमको पोस्टर पम्प्लेट ब्यानर कदरपत्र सम्मान पत्र तयारी देखि कलाकारहरुको ब्यवस्थापन सबै भैसकेको भएता पनि यता भाैतिक व्यवस्थापनको काम फागुन पन्ध्र बाट मात्र तयारीको काम हुने नेपाल शेर्पा संघ खिजीदेम्बाका अध्यक्ष पासाङ निमा शेर्पाले बताइएको छ। कार्यक्रम प्रदेश नं.१ भित्रका जिल्ला कार्यसमितिका अध्यक्ष तथा पदाधिकारीहरुको उपस्थिति साथै प्रदेश नं.-३ का अध्यक्ष सहित छिमेकी जिल्ला रामेछाप र सोलुखुम्बुका नजिकका दर्शकहरुको बाक्लो उपस्थिति हुने आयोजकले जनाइएको छ।

The post खिजिदेम्बामा हुने प्रदेश नं.-१ स्तरीय ग्याल्पो लोसार कार्यक्रमको तयारी पुर appeared first on .



from https://ift.tt/32dxVv2

No comments:

Post a Comment

Pages