कोरियामा नेपाली धमाधम पक्राउ - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Wednesday, February 19, 2020

कोरियामा नेपाली धमाधम पक्राउ

अरुले परीक्षा दिएर पास गरी आएकालाई पक्राउ गर्दै, फर्काइँदै
(दक्षिण कोरिया) — दोलखाका कुञ्जन थापा र मोरङका दिवस राई अघिल्लो बुधबार सोलदेखि ४० किलोमिटर टाढा याङ्जुस्थित कम्पनीमा काम गर्दै थिए । खाना खाएर काममा लागेको केही समयपछि तार बनाउने उनीहरूको कम्पनीमा अध्यागमनले छापा मार्‍यो । दिवसलाई प्रहरीले पक्राउ गरेर लग्यो ।

‘कम्पनीवरिपरि प्रहरी नै प्रहरी थिए, के भएको भन्ने थाहा भएन, दिवसलाई समाएपछि उनीहरू गए,’ कुञ्जनले भने, ‘पछि थाहा भयो अरूले जाँच दिएर भाषा पास गरी आएको आरोपमा उनलाई समातिएको रहेछ । अहिले डिटेन्सन सेन्टरमा राखेर जाँच कसले दिएको हो भनी सोधखोज गरिरहेका छन् भन्दैथ्यो । अर्को हप्ता नेपाल पठाउने रे ।’

केही समयदेखि अरूले परीक्षा दिएर पास गरी कोरिया आएका र नक्कली परीक्षार्थी बनेर परीक्षा दिने गरेका नेपालीलाई कोरियाली प्रहरीले पक्राउ गर्दै नेपाल पठाउन थालेको छ । ‘कति नेपाली नियन्त्रणमा परेका छन् भन्ने यकिन संख्या थाहा नभए पनि ५० जनाभन्दा बढी नेपाली अहिले नियन्त्रणमा छन्,’ प्रवासी श्रमिक युनियनका अध्यक्ष उदय राईले भने, ‘सबै ठाउँमा अहिले छापा मारेका छन्,’ उनले भने, ‘विभिन्न ठाउँबाट फोन गरेर केही सहयोग हुन्छ कि भन्छन् । यस्तो केसमा हामीले केही गर्न सक्दैनौं ।’

नेपाली दूतावासका द्वितीय सचिव उद्धव न्यौपानेले केही नेपालीलाई फिर्ता पठाएको जानकारी कोरियाली अध्यगमन विभागले दिएको बताए । ‘हामीलाई कोरियाली भाषामा अरूका नाममा परीक्षा दिने र अरूले नै परीक्षा दिएर पास भएर आउने चार जनालाई फिर्ता गरेको भन्ने जानकारी आएको छ ।’

फोटो र हस्ताक्षरका आधारमा पक्राउ
कोरियाली भाषा परीक्षाको प्रवेशपत्रको फोटो र कोरिया प्रवेश गरेर एलियन कार्ड (परिचयपत्र) बनाउने बेला अध्यागमनले खिचेको फोटोका आधारमा धेरै नेपालीलाई पक्राउ गरेको गैरआवासीय नेपाली संघ दक्षिण कोरियाकी निवर्तमान अध्यक्ष लक्ष्मी गुरुङले बताइन् । ‘मैले केही भाइहरूको अध्यागमनमा भाषा अनुवादकका रूपमा काम गरेकी थिएँ, त्यहाँ बुझ्दा फोटोका आधारमा शंका लागेर पक्राउ गरेका रहेछन्,’ उनले भनिन्, ‘जाँचदिने समयको फोटोसँग अहिलेको फोटो फरक पर्दा पक्राउ परेका छन् ।’

अनुहार मिल्ने साथीलाई भाषा परीक्षा लेख्न लगाई कोरिया आएको भन्ने सूचनाका आधारमा एक जनालाई पक्राउ गरिएपछि अध्यागमनले कोरियाभरि यस्ता नेपालीको खोजी बढाएको थियो । पक्राउ परेर फिर्ता हुनेमा कोरिया
आएको तीन महिना भएदेखि साढे तीन वर्ष बसेकासम्म छन् । वइजम्बुमा एक जना कोरियाली भाषा परीक्षा दिँदा र अहिले प्रयोग गरेको हस्ताक्षर नमिलेका कारण पक्राउ परेका छन् । सोही क्षेत्रमा भाषा अनुवादकको काम गर्दै आएका मुक्त गुरुङले पक्राउ गर्नुअघि प्रहरीले विभिन्न तरिकाले शंकास्पद व्यक्तिहरूको पहिचान गर्ने गरेको बताए । ‘मैले चिनेको भाइलाई हस्ताक्षर नमिलेका आधारमा पक्राउ गरी केरकार गरेका रहेछन्, पछि उनले अरूलाई जाँच दिन लगाएको स्वीकार गरेपछि नेपाल फर्काइएछ ।’

रामेछापका सुमन बस्नेत दुई महिनादेखि इन्छनमा अध्यागमनको नियन्त्रणमा छन् । कोरियाली भाषा राम्रो भएको एक जना साथीलाई मात्र सहयोग गरेको उनले स्विकारेका छन् । अध्यागमन विभागले उनले पैसा लिएर धेरैको परीक्षा दिएको हुन सक्ने भन्दै अनुसन्धान गरिरहेको छ । बस्नेतसँगै कम्पनीमा काम गरेका सरोज केसीले दुई पटक अध्यागमनमै गएर उनलाई भेटे । ‘मैले भेट्दा अनुसन्धान हुँदै छ भन्छन्, अध्यागमनले पनि त्यही भनेको भनेकै छ रे,’ केसीले भने, ‘कहिले अदालतमा जान्छ ? कहिले फैसला हुन्छ ? केही थाहा भएको छैन ।’

The post कोरियामा नेपाली धमाधम पक्राउ appeared first on .



from https://ift.tt/2SGCJ8M

No comments:

Post a Comment

Pages