विश्वभर कहाँ कहाँ मनाउदै छ ग्याल्पो ल्होसार ? सुची सहित - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Sunday, February 16, 2020

विश्वभर कहाँ कहाँ मनाउदै छ ग्याल्पो ल्होसार ? सुची सहित

गेल्छिरी शेर्पा कोरिया , हिमालयन शेर्पा सांस्कृतिक केन्द्रले ‘ग्याल्वो लोसार च्याक फो चिवा लो २१४७’ गुथुक साँझ निरन्तरता दिने भएको छ । फागुन ११ र १२ गते विविध सांस्कृतिक प्रस्तुतीका साथमा गुथुक साँझ आयोजना गर्न लागेको हो ।

सोही अवसरमा शेर्पा भाषाको विकास र वरिष्ठ कलाकार स्व. साम्दे शेर्पाको स्मृतिमा वक्तृत्वकला प्रतियोगिता समेत हुने संयोजक फुर्लुमु शेर्पाले जानकारी दिइन् ।
‘नेपालको पर्यटन विकास तथा पर्यटकीय भ्रमण वर्ष २०२० शेर्पा समुदायको भूमिका’ अर्थात बलयुल गि युलकोर टोछोम यरेग्य तोङ्गु तङ युलकोर टोछम गि तकोर लो २०२० (ङितोङ ङिश्यु) थोग्ल श्यर्पि चिछोग कि लेगेन’ वक्तृत्वकलाको शिर्षक चयन गरेकोछ ।

शेर्पा संघ इजरायल, इजरायल

काठमाडौँ – संसारका सम्पूर्ण शेर्पाहरु एक हौ कला भाषा संस्कृतिको संरक्षण तथा सम्बर्धन गरौ भन्ने मूल उदेश्यका साथ शेर्पा संघ इजरायलले सदाको बर्ष झै यसबर्षपनि लोसार कार्यक्रम आयोजना गर्ने भएको छ ।

सम्पुर्ण महायान बौद्ध धर्मावलम्बीहरुको नयाँ वर्ष तथा राष्ट्रिय महान चार्ड “च्याक् फो च्यिवा लो” २१४७ औं ग्याल्पो लोसारको अवसरमा शेर्पा संघ इजरायलको आयोजनामा नेपालबाट आमन्त्रित कलाकारहरु दावा के शेर्पा र कुसाङ शेर्पाको साथमा ग्याल्पो लोसार साँझ भब्यरुपमा आयोजना गर्नेत यारी भैरहेको शेर्पा संघ इजरायलका अध्यक्ष लाक्पा शेर्पाले बताउनु भयो ।

कार्यक्रम यहि आउदो फेव्रुवरी २८ तारीख शुक्रबार साँझ ७ बजेबाट यादखारुचिम १५ मा भव्य रुपमा सम्पन्न हुन गईरहेको हुँदा इजरायलवासी सम्पुर्ण नेपाली दाजुभाई तथा दिदिबहीनीहरुलाइ नेपाल शेर्पा संघ इजरायलले उपस्थितीको लागी हार्दिक अनुरोध समेत गरेकोछ ।

शेर्पा संघ बेलायत, बेलायत

काठमाडौँ- शेर्पा संघ बेलायतले बिगतका बर्षहरुझैं यस बर्षको लोसार ल्हप्सो पुजा र गुथुक साँझ फेब्रुअरी २९ गते आयोजना गर्ने भएको छ ।
संघले “शेर्पाहरूको भाषा, धर्म, कला र संस्कृति संरक्षण संबर्धन हाम्रो अभियान, जातीय र सामाजिक सद्भाव हाम्रो स्वभिमान” भन्ने मुला नारा सहित मनाउन लगेको हो । चिवा ल्हो अर्थात मुसा वर्षलाई स्वगात गर्न लागिएको हो । २१४७ औं ग्याल्पो लोसारको अवसरमा २९ फेब्रुअरी विभिन्न कार्यक्रम सहिते लोसार मनाउने तयारी गरिरहेको शेर्पा संघ बेलायतका महासचिव रिन्जी शेर्पा लामाले जानकारी दिनु भयो ।

शेर्पा एसोसिएसन अफ न्यू साउथ वेल्स, ऑस्ट्रेलिया

सिड्नी, सिड्नीमा ग्ल्यापो ल्होसार भव्य रुपमा मनाइने भएको छ । शेर्पा एसोसिएसन अफ न्यू साउथ वेल्सको आयोजना ग्ल्यापो ल्होसार (चिवालो २१४७) मनाइने भएको हो । रकडेलको इन्द्रेणी फङसन सेन्टरमा मार्च ८ आइतबारका दिन कार्यक्रम आयोजना गरिने एसोसिएसनका अध्यक्ष कर्मा शेर्पाले जानकारी दिए ।

शेर्पा किदुग दोहा कतार, कतार

दोहा, कतारमा नेपाली रार्ष्ट्रिय चाड “ग्याल्पो लोसार” मनाइने भएको छ । शेर्पा किदुग दोहा कतारको आयोजनामा बिगतका बर्ष झै यस पाली पनि आगमि मार्च ६ तारिक शुक्रबारका दिन “च्याक-फो चिवा” लो २१४७ औ ग्याल्पो लोसार चाड विभिद सास्कृतिक कार्यक्रम गर्दै मनाउने भएको हो ।

”भाषा,धर्म,कला सांस्कृतिक हाम्रो पहिचान,जातिय र सामाजिक सद्भाव हाम्रो स्वाभिमान” भन्ने मुल नाराका साथ सन :२०१७ सालमा कतारमा स्थापना गरिएको यस सस्थाले चौथो पटक ग्याल्पो लोसार चाड मनाउन लागिएको सस्थाका महासचिव आङ मिङमार शेर्पाले बताए ।

शेर्पा किदुग साईप्रस,साईप्रस

साईप्रस, बौद्धमार्गीहारुको महान चाड तथा शेर्पा समुदायको नयाँ बर्ष “ग्याल्पो ल्होसार ” साईप्रसमा पनि मनाइने भएको छ । शेर्पा किदुग साईप्रसको आयोजनामा बिगतका बर्ष झै यस पाली पनि आगमि मार्च १ तारिक आइतबारका दिन “च्याक-फो चिवा” लो २१४७ औ ग्याल्पो ल्होसार भिबिद सास्कृतिक कार्यक्रम गर्दै मनाउने भएको हो ।

पछिल्लो समय नेपाली सांगीतिक क्षेत्रमा माछि जालैमा कान्छी फेवा तालैमा भन्ने गित बाट चर्चमा आएको गायक दावा के शेर्पाको र डीजे बिकस श्रेष्ठ मुख्य आकर्षक रहेने कार्यक्रममा स्थानिय कलाकारहरुको बेजोड सास्कृतिक प्रस्तुति रहेको आयोजकले बताएको छ ।

शेर्पा किदुग रोमानिया, रोमानिया

शेर्पा किदुग रोमानियाको आयोजनामा आगमि मार्च १ आइतबारका दिन “च्याक-फो चिवा” लो २१४७ औ ग्याल्पो ल्होसार पावन अवसरमा रोमानियामा लोसार शुभकामना सस्कृतिक कार्यक्रम हुँदै छ।

धर्म गुरु आचार्य कर्म रिन्जिन शेर्पाको प्रमुख अतिथ्यमा गायक सोनाम शेर्पा कोसिसको सांगीतिक प्रस्तुति रहने कार्यक्रममा स्थानीय कलाकारहरुको बिभिद प्रस्तुतिको साथमा सास्कृतिक कार्यक्रम रहेको सस्थाको अध्यक्ष लाक्पा तेन्जी लामा शेर्पाले हिमाली सन्देशलाई जानकारी दिनु भयो।

शेर्पा संघ,जापान, जापान

शेर्पा संघ,जापानले यस बर्षको ग्याल्बो ल्होसार भव्यताका साथ मनाउने भएको छ । बिगतका बर्षहरुमा झै यस बर्ष पनि शेर्पा संघ जापानले नेपालका हिमाली सामुदयको मुख्य पर्ब ल्होसारलाई भब्य रुपमा मनाउने तयारी गरेको हो । बौद्ध धर्मावलम्बीको नयाँ बर्ष २१४७ च्याक फो चिवा लो ग्याल्बो ल्होसारलाई अविश्मरणीय र मनोरञ्जनपुर्ण बनाउन शेर्पा संघ तिब्र तयारीमा जुटेको छ मार्च 1 तारिखका दिन तय गरिएको ल्होसार बिशेष सस्कृतिक कार्यक्रममा शेर्पा परिकार् र शेर्पा सस्कृतिको अवलोकन गर्न सकिने आयोजक संस्था शेर्पा संघ जापानले जानकारी गराएको छ ।

शेर्पा किदुग पोर्तुगल, पोर्तुगल

पोर्तुगलमा बसोबास गरिरहेका शेर्पा समुदायको साझा सस्था शेर्पा किदुग पोर्तुगलले बिगतका बर्षहरुझैं यस बर्षको लोसार ल्हप्सो पुजा आयोजना गर्ने भएको छ ।

ग्याल्बो लोसार च्याग-फो, चिवा-लो २१४७ को अवसरमा किदुगले अल्कासेर दो सालमा अवस्थित ‘थुप्तेन फुन्छोक गेफेलिङ’ गुम्बामा लोसार ल्हाप्सो पुजाको आयोजना २६ फेब्रुवरी २०२० मा गर्ने भएको छ । पोर्तुगलको राजधानी लिस्बोनबाट करीब १ सय २० किलोमिटरको दुरीमा रहेको कार्यक्रम स्थल सम्मा जाने र फर्किने बसको ब्यबस्था समेत रहेको जनाएको छ।

The post विश्वभर कहाँ कहाँ मनाउदै छ ग्याल्पो ल्होसार ? सुची सहित appeared first on .



from https://ift.tt/2OVRnXq

No comments:

Post a Comment

Pages