कोरियामा कार्यरत एक नेपाली युवाको मृत्यु - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Sunday, February 16, 2020

कोरियामा कार्यरत एक नेपाली युवाको मृत्यु

सिओल- कोरियाको मिर्याङमा कार्यरत एक नेपाली शनिवार मृत्यु भएको छ । मृत्यु हुनेमा मिर्याङस्थित एक स्याउ फार्ममा कार्यरत ईलामको गजुरमुखी गाउँपालिकाका यम कुमार सुब्बा लिम्बु रहेको गैर आवासीय नेपाली संघ दक्षिण कोरियाका अध्यक्ष यज्ञराज सुवेदीले जानकारी दिए ।

लिम्बुको पाँचौ महिनाको ३० तारिखमा कोरिया आएको तीन वर्ष पुग्न लागेको बताईएको छ । फार्मम लिम्बु एक्ला नेपाली कामदार भएको र उनी विदा दिए एक पटक घर जान्छु नभए काम नै छोडेर भएपनि जान्छु भन्दा समेत साहुले विदा नदिएपछि आत्महत्या गरेको हुन सक्ने राजगारदाताको भनाईलाई उद्धृत गर्दै सुवेदीले बताए ।
‘‘लिम्बुले घर जान विदा मागिरहेको थियो, तर मैले तीन वर्षको भिषा सकिन्छ अनि कोरिया नफर्किनेगरी जा भनेको हुँ, अहिले यस्तो घटना घट्यो । ’’ रोजगारदाताको भनाईलाई उद्धृत गर्दै सुवेदीले भने ।

सुवेदी थप्छन, —‘‘मैले रोजगारदातालाई भेटौँ भनी पटक पटक भेट्न चाहँदा पनि उस्ले भट्न चाहेको छैन्, भोलि सम्म भेटेर थप बुझ्ने प्रयास गर्नेछु । ’’ लिम्बुको शव मिर्याङस्थित एक स्थानिय अस्पतालमा राखिएको छ । घटनाको विषयमा लिम्बुको परिवारलाई जानकारी गराईसकिएको र अन्य प्रक्रिया पूरा गरी शवलाई नेपाल पठाईने कोरियाकालागि नेपाली श्रम कन्सुलर डिल्लीराम बाँस्तोलाले जानकारी दिए ।
लिम्बुका श्रीमती र दुई छोरी रहेको बताईएको छ ।

The post कोरियामा कार्यरत एक नेपाली युवाको मृत्यु appeared first on .



from https://ift.tt/2SuLpiw

No comments:

Post a Comment

Pages