शेर्पा भाषा कक्षा शुरु - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Saturday, February 15, 2020

शेर्पा भाषा कक्षा शुरु

मिङमार शेर्पा, काठमाडौं  । नेपाल शेर्पा संघ अन्तर्गत भाषा विभागले शेर्पा भाषा कक्षा शुरु गरेको छ । शनिबार केन्द्रीय कार्यालय नारायणटारमा एक कार्यक्रमकावीच कक्षाको औपचारिक उद्घाटन गरे । केन्द्रीय कार्यालयमा नै अब हरेक शनिबार शेर्पा भाषा निःशुल्क रुपमा पढ्न पाउने छ ।

संघको नीति तथा कार्यक्रम अन्तर्गत विभिन्न कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन गर्ने निर्णय अनुसार भाषा कक्षा शुरु गरेको विभागका प्रमुख तथा संघीय उपाध्यक्ष किशोर शेर्पाले जानकारी दिए । वेलुका ४ देखि ६ बजेसम्म सञ्चालन हुने कक्षामा संस्कारसहितको भाषा सिकाइने छ । भाषा कक्षामा उत्साहजनक सहभागिता रहेको प्रमुख शेर्पाले जनाए ।

भाषाको प्रयोग कमि हुँदै जाँदा भाषा नै लोप हुने अवस्थामा पुग्नेतर्फ ध्यानमा राख्दै ‘सबैले कमसेकमपनि चलनचल्तीको भाषा बोल्न सकून, मातृभाषामा अभिवादन गर्न सिकून’ भन्ने हुतेले कक्षा सञ्चालन अघि बढाएको अध्यक्ष गेल्जे लामा शेर्पाले जानकारी दिए ।
-शेर्पाखबर

The post शेर्पा भाषा कक्षा शुरु appeared first on .



from https://ift.tt/2HqSc6L

No comments:

Post a Comment

Pages