मिस्टर एण्ड मिस टीन शेर्पा ‘सिजन २’ शुरु - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Saturday, November 30, 2019

मिस्टर एण्ड मिस टीन शेर्पा ‘सिजन २’ शुरु

काठमाडौं । शेर्पा युवालाई अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिस्पर्धा गर्न सक्षम बनाउन ‘मिस्टर एण्ड मिस टीन शेर्पा’ आयोजना हुने भएको छ । सन् २०२० का लागि प्रतियोगिताको यो दोस्रो सिजन हो । गौतम बुद्ध फिल्मस् प्रालीको आयोजनामा हुने सौन्दर्य प्रतियोगिताको राजधानीमा पत्रकार सम्मेलन गरी औपचारिक रुपमा ‘सिजन २’ को घोषणा गरे ।
सन् २०१९ मा शुरु भएको प्रतियोगिता भव्यताका साथ सफल भएसँगै कार्यक्रमलाई निरन्तर रुपमा अघि बढाउने निधो सहित ‘सिजन २’ गर्न लागिएको कलाकार तथा आयोजक संस्थाका प्रमुख कार्यकारी निर्देशक (सिइयो) छिरिङ शेर्पाले पत्रकार सम्मेलनमा जानकारी दिइन् । प्रतियोगिता अन्तर्गत आवेदन आह्वान, प्रारम्भिक छनौट, तालिम, विभिन्न ठाउँको भ्रमण गर्ने लगायतको तालिम सो अवसरमा आयोजक संस्थाले सार्वजनिक गरे ।

१९ बर्षमुनिका शेर्पा युवाहरुलाई व्यक्तित्व विकास, सामाजिक कार्य, सक्षमता अभिवृद्धि गर्न सघाउन पुर्याउने हेतुले आयोजना हुन लागेको प्रतियोगिताले प्रतिभावना युवाहरुले अवसर प्राप्त गर्ने मञ्चको रुपमा सदुपयोग गर्न सक्नछन् । प्रतियोगिताको ग्राण्ड फिनाले माघ महिनामा प्रज्ञा भवनमा हुने र शेर्पा युवाहरुलाई डिसेम्भर १ बाट आवेदन भर्ना सकिने जनाएको छ । आवेदन सामाजिक सञ्जाल र आयोजकसँग सिधै सम्पर्क गरेर समेत भर्न सकिनेछ । आवेदकहरुको मापदण्डका सम्बन्धमा आधिकारिक फेसबुकमार्फत जानकारी दिने बताइएको छ । कार्यक्रमलाई आर्थिक, भौतिक रुपमा सहयोग गर्न समेत सो अवसरमा आयोजकले आह्वान गरेका छन् ।

यसअघि सम्पन्न प्रतियोगितामा मिस टीन तर्फ मिङमा ल्हमु शेर्पा र मिस्टर टीन तर्फ तेन्जीङ छिरिङ शेर्पाले ताज पहिरेका थिए ।

The post मिस्टर एण्ड मिस टीन शेर्पा ‘सिजन २’ शुरु appeared first on .



from https://ift.tt/2Y1Gjvj

No comments:

Post a Comment

Pages