मिस मंगोल शेर्पाको अपिल, तपाईंको सानो सहयोगले नयाँ जीवन पाउने छ - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Saturday, November 30, 2019

मिस मंगोल शेर्पाको अपिल, तपाईंको सानो सहयोगले नयाँ जीवन पाउने छ

२२ वर्षको उमेरका मिर्गौला विरामी आयुश्मा गुरुङले कोरियबाट सहयोग प्राप्त गरेकी छिन् । सानो उमेरमा जीवनकै कठिन परिस्थितीको सामना गर्नुपरेका गुरूङलाई मिस मंगोल 2019 जाङ्मु ईन शेर्पा मार्फत सहयोग रकम हस्तान्तरण गरिएको हो । िमस मंगोल शेर्पाका अनुसार एक वर्षदेखी उहाँको दुवै मिर्गौलाले काम गर्न छाडेकाले अहिले सातामा दुई पटक डायलासिस गराउँदै आउनुभएको छ।

परिवारबाट मिर्गौला दिने मान्छे भए पनि ट्रान्सप्लान्टका लागि आर्थिक अभावले समस्या भएको हुनाले उपचारमा समस्य भएको छ ।नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर ४ निवासी गुरूङको उपचारका लागि अस्पतालले लगभग २५ लाख रुपैयाँ लाग्ने जनाएको र अार्थिक अभाव भएकै कारण उपचारका लागि सहयोगको अाशा गरेकी विरामी गुरूङले बताउनु भयो । आयुश्माको जीवन रक्षाका लागि कल्पना गुरुङको नाममा मेघा बैंकमा खाता पनि खोलिएको र बैंक मार्फत सहयोग गर्न सक्नु हुने जाङ्मु ईनन ले जानकारी दिनु भयो ( खाता नम्बरः ०२५००५००००४३१ ) आयुस्माको दिदी सञ्जु गुरुङलाई ९८१८००७७३६ नम्बरमा सम्पर्क गरेर पनि सहयोग प्रदान गर्न सक्नुहुनेछ। आयुस्मालाई आफ्नै दिदी बहिनी सम्झेर सबैले सहयोग गरौं ।

यसै क्रममा हाल दक्षिण कोरियामा रहनु भएको दिदी कल्पना गुरुङको सक्रियतामा जम्मा भएको ५० हजार रुपैयाँ आयुस्माको परिवारलाई हस्तान्तरण गरिएको छ। विरामीको उपचार अोम हस्पिटल काठमाडौंमा भई रहेको छ

The post मिस मंगोल शेर्पाको अपिल, तपाईंको सानो सहयोगले नयाँ जीवन पाउने छ appeared first on .



from https://ift.tt/2DrShVI

No comments:

Post a Comment

Pages