मिस्टर एण्ड मिस टिन शेर्पाको लागि आवेदन खुल्ला - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Saturday, November 30, 2019

मिस्टर एण्ड मिस टिन शेर्पाको लागि आवेदन खुल्ला

काठमाडौँ – मिस्टर एण्ड मिस टिन शेर्पा २०७६ सिजन दुईका लागि आवेदन खुल्ला गरेको छ ।

गौतम बुद्ध फिल्मस् प्रालिले काठमाडौंमा शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी दिएको हो ।

यही मंसिर १५ गतेदेखि २८ गते सम्म आवेदन दिन सकिने जानकारी दिइएको छ । प्रतियोगिताको अडिसन मंसिर २८ गतेदेखि हुनेछ । प्रतियोगिताको ‘ग्राण्ड फिनाले’ माघ १ गते बुधबार काठमाडौँको प्रज्ञा भवनमा हुने जानकारी दिइएको छ ।

प्रालिका अध्यक्ष छिरिङ डोमा शेर्पाले शेर्पा समुदायका किशोर किशोरीहरूको व्यक्तित्व विकासका लागि प्रतियोगिता आयोजना हुँदै आएको बताउनुभयो । ‘शेर्पा समुदायको व्यक्तित्व विकास तथा भाषा, कला संस्कृति संरक्षण तथा प्रतिभा प्रस्फुटनका लागि यस्ता कार्यक्रम लाभदायक हुने विश्वास लिएका छौँ’, उहाँले भन्नुभयो ।

प्रतियोगिताअन्र्तगत पहिलो चरणमा आवेदकहरूलाई खुबी प्रस्तुत गर्न लगाउने र त्यसपछिका चरणमा प्रतिभा निखार्न प्रशिक्षकको निगरानीमा प्रशिक्षण दिइने अध्यक्ष शेर्पाले जानकारी दिनुभयो ।



from Sherpa media Group Nepal https://ift.tt/2DsGqXs

No comments:

Post a Comment

Pages