पल्युल जनहित युवा संघले आयोजना गरेको ३ दिने तालिम सम्पन्न - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Sunday, December 1, 2019

पल्युल जनहित युवा संघले आयोजना गरेको ३ दिने तालिम सम्पन्न

पल्युल जनहित युवा संघले आयोजना गरेको ३ दिने तालिम सम्पन्न भएको छ ।
संस्थामा कार्यरत पदधिकारीहरुलाई संस्थाको विकास कसरी गर्न सकिन्छ र कार्यक्रमहरु कसरी आयोजना गर्ने भन्ने विषयमा ३ दिने संस्थाको विकास र कार्यक्रम आयोजना बारेमा तालिम दिएको हो ।
३ दिने तालिम पत्रकार एव सगरमाथा आरोही डोमा शेर्पाले दिएकी थिइन । विभिन्न संस्थामा कार्यरत शेर्पाले विशेषगरि महिलाहरुको क्षेत्रमा तालिमहरु दिदै आएकी छिन । उनी योहो टेलिभिजनबाट प्रसारण हुने हिमाली मन्थन कार्यक्रमको उत्पादक एक संचालिका हुन ।
संस्थालाई अगाडी बढाउन संस्थाको बारेमा जान्न र कार्यक्रम आयोजना बारे संस्थाका पदाधिकारीहरुमा जानकारी दिन तालिम आयोजना गरेको संस्थापक अध्यक्ष एक तालिम संयोजक पेमा ओङछु शेर्पाले जानकारी दिनुभयो । त्यसैगरि संस्थाका महासचिव ग्युर्मी रिक्देन गुरुङले पाल्युल जनहित युवा संघ विशेषगरि समाजिक कार्यमा स्वयमसेवकको भुमिका निभाउन खोलिएको जानकारी दिनुभयो । संस्थाका पदाधिकारीमा आत्मविश्वास वृद्धि गराउन र संस्थाको बारेमा जानकारी दिन तालिम आयोजना गरेको जानकारी दिनुभयो ।
तालिममा २५ जना संंस्थाका पदाधिकारीहरु सहभागी रहेका थिए । ३ दिने तालिम विहान ९ देखि ११ बजेसम्म भएको थियो ।
पल्युल जनहित युवा संघ गुम्वाहरुका पुजाआजा हुदा र धर्म गुरुहरुको प्रवचन हुने समयमा स्वयमसेवकको भुमिका नभाउन खोलिएको संस्था हो । यसमा प्राय गुम्वा शिक्षाबाट वाहिर आएकाहरु सदस्य भइ गुम्वाहरुको कार्यक्रम सफल पार्नमा लागि परेको संस्था हो । संस्थाको कार्यलय तिनचुलिमा रहेको छ ।

The post पल्युल जनहित युवा संघले आयोजना गरेको ३ दिने तालिम सम्पन्न appeared first on .



from https://ift.tt/2R8hz3e

No comments:

Post a Comment

Pages