कोरिया आइपुगेको १७ दिनमै औद्योगिक दुर्घटनामा परि एक नेपालीको मृत्यु - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Saturday, October 12, 2019

कोरिया आइपुगेको १७ दिनमै औद्योगिक दुर्घटनामा परि एक नेपालीको मृत्यु

ईपिएस मार्फत रोजगारीका लागी १७ दिन अघि मात्र दक्षिण कोरिया आएका एक नेपालीको औधोगिक दुर्गटनामा परी मृत्यु भएको छ ।

सुर्खेत पन्चपुरी नगरपालीका २ घर भई हाल दक्षिण कोरियाको थेजनमा रहेको एक कम्पनीमा कार्यरत २३ बर्षिय थिर बहादुर दर्लामी कम्पनिमा काम गर्दै गर्दा शुक्रबार करिब साढे १२ बजे तिर माथीबाट गरुङ्गो सामान झरेर थिचेपछि उपचारको क्रममा मृत्यु भएको जनाएको छ ।

घाईते भए लगत्तै नजिकैको हस्पिटल पुर्याएर उपचार गरिएतापनि गम्भिर चोटका कारण उपचारका क्रममै आज शनिबार बिहान १० बजे अस्पतालमा मृत्यु भएको जानकारी सुर्खेत समाज दक्षिण कोरियाका वरिस्ठ उपाध्यक्ष पुस्कर बुढाथोकीले दिएका छन् ।

मृतक दर्लामीको मृत्युको खबर दुतावासमा जानाकारी गराउँदा आजा र भोलि सार्वजनिक बिदा भएकोले केही गर्न नसक्ने जनाएको उपाध्यक्ष बुढाथोकीले बताए । घटना पश्चात् कम्पनीले फोन गर्दा पनि दूतावासको फोन नउठेको जनाएको छ । घटनाको जानकारी पाएपछि सुर्खेत समाजका अध्यक्ष, कोषाध्यक्ष तथा सल्लाहकार लगायत घटनास्थलमा पुगेको बुढाथोकीले जानकारी दिए ।

१७ दिन अगाडी मात्रै ईपिएस मार्फत दक्षिण कोरिया आइपुगेका मृतक दर्लामीले काम सुरु गरेको ११ दिन मात्र भएका थिए । उक्त कम्पनी दोजरका पार्टसहरु बनाउने कम्पनी रहेको जनाएको छ ।

The post कोरिया आइपुगेको १७ दिनमै औद्योगिक दुर्घटनामा परि एक नेपालीको मृत्यु appeared first on .



from https://ift.tt/2VC38Vf

No comments:

Post a Comment

Pages