जापानमा शक्तिशाली भनिएको ताईफुको असर देखिन थाल्यो,उच्च सचेत रहन आग्रह - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Saturday, October 12, 2019

जापानमा शक्तिशाली भनिएको ताईफुको असर देखिन थाल्यो,उच्च सचेत रहन आग्रह

टोकियो । जापानमा आज शनिवार शक्तिशाली ताईफु हागिविसको असर देखिन थालेको छ । विहानदेखि शिजुओका,चिवा हुँदै कान्तो क्षेत्रमा असर देखिन थालेको हो । यस क्षेत्रमा भारी वर्षा र तिव्र गतिमा आँधीबेरी चलिरहेको छ । हागिविस ताईफुको असरका कारण रेल तथा हवाई सेवाहरु सबैजसो बन्द भईसकेको सुचना जारी भएको छ ।

जापानको शिजुओका,चिवा लगाएत विभिन्न शहरमा भयंकर ताइफु हागीबिसले ज्वारभाटाको स्तरमा उकालो लागेको जापानको सञ्चार माध्यम माईनिचिले जनाएको छ । शक्तिशाली हागीबिस ताईफुबाट आफ्नो जीवन बचाउन र सचेत रहन आम मानिसलाई जापान मौसम एजेन्सीले आग्रह गरेको छ ।

यो आँधीबेहरी ज्वारको स्तर बृद्धि हुने धेरै सम्भावना रहेको अधिकारीहरूले बताएका छन । दमकल विभागले निशिजिमा क्षेत्रका बासिन्दाहरूलाई उनीहरूको घरको माथिल्लो तलामा खाली गर्न आग्रह समेत गरेको छ ।

चिबा क्षेत्रमा बिहान ८ वजेवाट नै घरमा विद्युत् आपुर्ती बन्द भएको छ ।

The post जापानमा शक्तिशाली भनिएको ताईफुको असर देखिन थाल्यो,उच्च सचेत रहन आग्रह appeared first on .



from https://ift.tt/314SS8Z

No comments:

Post a Comment

Pages