डब्लुपीएस लागु हुनु पर्ने माग राख्दै एमटियुले निकाल्यो बृहत र्‍याली - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Saturday, October 26, 2019

डब्लुपीएस लागु हुनु पर्ने माग राख्दै एमटियुले निकाल्यो बृहत र्‍याली

कोरियामा प्रवासी श्रमिक आएर काम गर्न सुरु गरेको धेरै बर्ष विति सक्दा पनि कोरियन सरकारले प्रवासी श्रमिकको स्वइच्छाले कार्यस्थल परिबर्तन र छनोट गर्ने लगायतको अधिकारलाई मान्यता नदिएको अवास्था छ । यसले गर्दा प्रवासी श्रमिकको अधिकारको हनन हुनुको साथै उनीहरुले कोरियामा बिभिन्न किसिमको भेदभाब ,दुखकष्ट ,शोषण दमन भोग्नु परिरहेको छ । प्रवासी श्रमिकको हक अधिकार सुनिस्चित गर्न ,बिभिन्न किसिमको श्रमिकको समस्या समाधान गर्न प्रवासी मजदुर युनियन (एमटियु) ले निरन्तर संघर्ष गरिरहेको छ । यसै क्रममा २०१९ अक्टोबर २० तारिक प्रवासी मजदुर युनियन (एमटियु)ले प्रावासी श्रमिकले आफ्नो कार्यथल स्वइच्छाले परिबर्तन गर्न पाउने कार्य अनुमति प्रणाली (डब्लुपीएस)लागु हुनुपर्ने लगायतको माग गर्दै राष्ट्रब्यापी बृहतर्‍याली को आयोजना गरेको छ । कार्यक्रमलाई सम्बोधन गर्दै एमटियुका अध्यक्ष उदय राईले प्रवासी श्रमिकलाई कोरियाको तल्लो तहमा काम गर्ने औजारको रुपमा मात्र हेर्ने गरिएकोछ प्रवासी मजदुरलाई स्वतन्त्र रुपम काम गर्न दिईएको छैन कार्यस्थलको अवस्था(working condition) एकदम नाजुक छ जसले गर्दा प्रवासी श्रमिक जबर्जस्ति जोखिम पूर्णरुपमा काम गर्न बाध्य छन , प्रवासी श्रमिकको सख्या कोरियामा दिन प्रति दिन बृद्दी भइ रहेको छ तर उनीहरुलाई गरिने ब्यबहारमा परिबर्तन आएको छैन । मजदुर तथा मानब अधिकार हनन भएको अवास्थाछ । सरकारको प्रवासी श्रमिकलाई हेर्ने दृष्टिकोणमा र गर्ने ब्यबहारमा परिबर्तन हुनु पर्नेछ सबै मजदुर अधिकारको सुनिस्चित हुने कार्य अनुमति प्रणाली (डब्लुपीएस) लागु हुनु पर्नेछ भन्नु भयो ।

कोरियन प्रजातान्त्रिक मजदुर माहासंघ (केसीटियु)को अध्यक्ष किम म्यंग ह्व्वनले रोजगार अनुमति प्रणाली लागु भएको १५ बर्ष भएको छ १५ लाख प्रवासी श्रमिकले काम गरिरहेको भए पनि उनीहरु अझै नरकीय अवस्थामा छन् कोरिया आएको १७ दिनमा प्रवासी श्रमिकले ज्यान गुमाए पनि कसैलाई वास्ता छैन ।आफ्नो शुरक्षा गर्नकोलागि ,कार्यस्थलको स्थिति (working condition) सुधार गर्नकोलागि कम्पनि परिबर्तन गर्न नपाउने इपिएसको बिरुद्दमा मजदुर युनियनले शंघर्ष गर्न सक्छ तलब सेवा सुबिधा , कम्पनि परिबर्तनको बारेमा सौधाबाजी मजदुर संगठन मार्फत गर्न सकिन्छ प्रवासी मजदुरलाई पनि मजदुर ३ अधिकार छन तर सरकारले सधै दबाब दिन चाहान्छ । प्रवासी श्रमिकले कोरियामा स्वतन्त्र रुपले काम गर्न पाउने स्थिति बनाउनकोलागि डब्लुपीएसको निम्ति केसीटियु सधै सरकारलाई दबाब दिनेछ । केसीटियु सधै प्रवासी मजदुरको एकसाथ अगाडी बढ्ने छ भन्नु भयो ।

नेपाली प्रवासी श्रमिक ताराले प्रवासी श्रमिकले कोरियामा मेहेनत गरेर काम गरे पनि उनिहरुले उचित तलब पाइरहेको छैनन हरेक बहानामा तलब कटौती गरीएको छ ।अतिरिक्त समय काम गरेको ज्याल नदिने ,तलब ठिक समयमा नदिने गरिएको छ तलब नपाउने प्रावासी श्रमिकको सख्या बृद्दी भइ रहेको छ यति हुदा पनि राजनितिक दलको नेताहरुले प्रवासी श्रमिकलाई दिने तलब बढी भयो घटाउनु पर्छ भनि रहेको छन् .यसको हामी घोर बिरोध गर्छौ ।प्रवासी श्रमिकले उचित ज्याला पाउनु पर्छ र हाम्रो तलब बढाउनु पर्नेछ भन्नु भयो ।

कम्बोडियन प्रवासी श्रमिकले महिला श्रमिकलाई कार्यस्थलमा गरिने भेदभाब बन्द गर्नु पर्ने ,उपयुक्त बस्ने कोठाको उपलब्द गराउनु पर्ने ,आराम गर्ने समय तोकिए बमोजिम दिनु पर्ने कुरामा जोड दिएको थियो । कार्यक्रममा अन्य प्रवासी श्रमिकहरुले पनि आफ्नो भनाइहरु राखेको थियो । कार्यक्रममा बिभिन्न देशको प्रवासी श्रमिक ,कोरियन मजदुर युनियनको प्रतिनिधि ,प्रवासी मजदुर मानब तथा मजदुर अधिकार संघसस्थाको कार्यकर्ताहरुको बृहत सहभागिता थियो । पहिलो चरणको कार्यक्रम पश्चात बिभिन्न नारा लगाउदै राष्ट्रपति कार्यालय अगाडीसम्म मार्च गरि र्‍याली सम्पन्न भएको थियो ।

The post डब्लुपीएस लागु हुनु पर्ने माग राख्दै एमटियुले निकाल्यो बृहत र्‍याली appeared first on .



from https://ift.tt/36bcSdM

No comments:

Post a Comment

Pages