हिमालि सन्देश सन्चालिका डोमा शेर्पा फ्रान्समा, चलचित्र महोत्सवमा सहभागि - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Tuesday, October 15, 2019

हिमालि सन्देश सन्चालिका डोमा शेर्पा फ्रान्समा, चलचित्र महोत्सवमा सहभागि

काठमाडौँ – हिमाली संदेश सम्पादक/संचालिका एवं योहो टीभीको कार्यक्रम ‘हिमाली मन्थन’ की उत्पादक एवं प्रस्तोता डोमा शेर्पा फ्रान्समा जारी चलचित्र महोत्सवमा सहभागी भएकी छिन् । अक्टोबर ११ मा क्रोसिकामा भएको mountain festival of cine 2000 मा भाग लिएर डोमा सोमबार ग्रेनोबल जाँदै छिन् । उनी अक्टोबर २० मा 20 oct मा Travel Festival of ” Le Grand Bivouac” in Albertville मा हुने चलचित्र महोत्सवमा सहभागी हुनेछिन् ।

८ सगरमाथा आरोही नेपाली महिलाहरुको कथामा आधारित वृत्तचित्र ‘सुन्दर उडानहरू’ (the beautiful flights) अहिले फ्रान्सका विभिन्न चलचित्र महोत्सवमा प्रदर्शन भइरहेको छ । यो वृत्तचित्रमा डोमाको कथा पनि समेटिएकोले उनी अहिले फ्रान्समा भइरहेको विभिन्न चलचित्र महोत्सवमा सहभागी भएर नेपाली महिलाको साहसिक कार्यको बारेमा प्रचार गरिरहेकी छिन्। फ्रान्समा रहँदा डोमाले पर्यटन वर्ष २०२० को प्रचार गरिरहेको बताइएको छ। फ्रान्स जानुअघिको भेटमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपालको प्रतिनिधिको रूपमा पर्यटन वर्ष २०२० को प्रचार प्रसार गर्न आग्रह गरेका थिए ।

The post हिमालि सन्देश सन्चालिका डोमा शेर्पा फ्रान्समा, चलचित्र महोत्सवमा सहभागि appeared first on .



from https://ift.tt/2ISPHej

No comments:

Post a Comment

Pages