गेल्छिरी शेर्पा , शेर्पा समुदयको साझ सस्था नेपाल शेर्पा संघको छैटौं महाधिवेशन यहि पौष ४ र ५ गते शेर्पा सेवा केन्द्र बौद्धमा गर्ने भएको छ । संघका महासचिव ङवाङ सोनाम शेर्पाले संघको अधिकारीक फेसबुक पेज मार्फत सुचना जारी गरेका छन्
जारी सुचनाको पूर्णपाठ
सम्पूर्ण शेर्पाहरुको साझा संगठन नेपाल शेर्पा संघ ༄༅། །ཡམ་བུ་ཤར་བ་སྤྱི་ཚོགས། ले “सम्पूर्ण शेर्पाहरुको चाहना, पहिचान र अधिकार सहित शेर्पालुङको स्थापना” भन्ने मूल नाराका साथ छैठौ राष्ट्रिय महाधिबेशन (नेपाल शेर्पा संघको केन्द्रीय कार्यसमितिको महाधिबेशन) २०७६ साल पौष ४ र ५ गतेका दिन शेर्पा सेवा केन्द्र परिसर बौद्ध, काठमाणडौमा हुन गईरहेको ब्यहोरा सहर्ष जानकारी गराउन चाहन्छौ । नेपाल शेर्पा संघको संशोधित बिधान अनुसार प्रत्येक वडा, गाउपालिका /नगरपालिका /उपमहानगरपालिका /महानगरपालिकाको साथै जिल्ला र प्रदेश हुँदै संघिय अधिबेशन समयमै सम्पन्न गर्नुपर्ने हुँदा नेपाल शेर्पा संघ केन्द्रीय कमिटीको मिती २०७६ असोज ४ गते बसेको बैठकले समयमै महधिबेशन सम्पन्न गर्न निम्नानुसारको समयसिमा भित्र रही नेपाल शेर्पा संघको संसोधित विधान-२०७५ अनुसार आ-आफ्नो तह र संघ संस्थाहरुवाट छैठौ केन्दीय महाधिवेशनमा प्रतिनिधि चयन गरी पठाउन हुन अनुरोध गर्दछौ।
१) प्रत्येक वडाको हकमा २०७६ कार्तिक ९ गते सम्ममा वडा कमिटी गठन गरिसक्नु पर्नेछ।
२) गाउपालिका/नगरपालिका/उपमहानगरपालिका/महानगरपालिकाको हकमा २०७६ कार्तिक २१ गते सम्ममा अधिबेशन सम्पन्न गरी नेपाल शेर्पा संघको संसोधित विधानमा उल्लेख भए अनुसार २०६८ सालको जनगणना अनुसारको जनसख्यालाई आधार मानेर छैठौ राष्टिय महाधिबेशन प्रतिनिधि चयन गर्नुपर्नेछ ।
३) जिल्लाको हकमा २०७६ कार्तिक मसान्तसम्म जिल्ला अधिबेशन सम्पन्न गरी नेपाल शेर्पा संघको संसोधित विधानमा उल्लेख भए अनुसार हरेक जिल्लाबाट ३/३ जना छैठौ राष्टिय महाधिबेशन प्रतिनिधि चयन गरिसक्नुपर्नेछ ।
४) प्रदेशमा हकमा २०७६ मङ्शिर १५ गते भित्रमा प्रदेश अधिबेशन सम्पन्न गरी नेपाल शेर्पा संघको संसोधित विधानमा उल्लेख भए अनुसार हरेक प्रदेशवाट १०/१० जना छैठौ राष्टिय महाधिबेशन प्रतिनिधि चयन गरिसक्नुपर्नेछ ।
५) त्यसैगरि नेपाल शेर्पा संघको भात्रृ संघ संस्थाहरू, काठमाण्डौमा रहेको किदुकहरु र पेशागत शेर्पा केन्दीय संघ संस्थाहरुवाट पनि संसोधित विधानमा उल्लेख भए अनुसार छैठौ राष्टिय महाधिबेशनमा आ-आफ्नो प्रतिनिधि २०७६ मङ्शिर १५ गते भित्रमा चयन गरिसक्नुपर्नेछ ।
६) हरेक कमिटीले प्रतिनिधि छनौट गरी पठाउदा कम्तिमा ३३ प्रतिशत महिला (नेपाल शेर्पा महिला संघ वाहेक) अनिबार्य हुनुपर्ने स्पष्ट गराउन चाहन्छौ ।
७) सम्पूर्ण छैठौ राष्ट्रीय महाधिवेशन प्रतिनिधिहरुको नामावली र २/२ प्रति फोटो नेपाल शेर्पा संघको केन्द्रिय कार्यालयमा नारायणटार बौद्धमा २०७६ साल मङ्शिर २१ गते आई पुग्नुपर्ने ब्यहोरा सबैमा जानकारी गराउदछौ ।
The post नेपाल शेर्पा संघले पौष ४ र ५ गते छैटौं महाधिवेशन गर्ने appeared first on .
from https://ift.tt/2mzBzyY
No comments:
Post a Comment