पर्यटन दिवस को दिन पर्यटन मन्त्रि र सरोकारवाला हरुलाई अनुरोध - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Sunday, September 29, 2019

पर्यटन दिवस को दिन पर्यटन मन्त्रि र सरोकारवाला हरुलाई अनुरोध

२९ सेप्टेम्बर, २०१९,नागरिक राष्ट्रिय दैनिकमा पठाक पत्रमा प्रकाशित)

पर्यटन क्षेत्रको महत्वपुर्ण दिन विश्व पर्यटन दिवस २७, सेप्टेम्बरमा नेपालको पर्यटन क्षेत्रले पनि सरकारी एवं नीजि स्तरबाट बिभिन्न तयारीका साथ् मनाएको छ। यसै सन्धर्वमा यस वर्षको विश्व पर्यटन दिवसको अवसरमा विश्व पर्यटन संगठनले एक अर्थपूर्ण नारा ‘पर्यटन र रोजगार : सबैको उन्नत भविष्यको लागि’ भन्ने तय गरिएको सन्धर्वमा हाम्रो पर्यटन क्षेत्र र सरकारी जिम्मेवार निकाय संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले देशको पर्यटन र तेस्मा आश्रित जनशक्तिको लागि के कस्तो लाभकारी काम गरिरहेको छ वा गर्नेवाला छ भन्ने तर्फ बिचार गर्ने हो भने निराशा मात्र देखिन्छ । यस तर्फ विशेष गरि अझै पनि आफ्नो कार्यकालको हनिमुन अवधि (१०० दिन) पार नगरेका तर जनस्तरले आशा नामारेका पर्यटन मन्त्री योगेश भट्टराइको ध्यान आकृष्ट गराइनु सान्धर्विक भएको ले यो पाठाक प्रतिक्रियाको सहारा लिइएको हो ।

नेपालको पर्यटनको मेरुदण्ड पर्वतीय पर्यटन ( ट्रेकिङ्ग तथा पर्वतारोहण) हो भन्ने तथ्य सरकारी तथा अन्य सरोकारवालाले अझै पनि आत्मासात गरेको नदेखिनु दुखद हो । यहि काराणले हुन सक्दछ पर्यटन को बिभिन्न आयाम मध्ये ट्रेकिङ्ग तथा पर्वतारोहण क्षेत्रको विकास, संरक्षण र प्रवर्धनमा राज्य जहिले पनि चुकेको देखिन्छ। पछिल्लो सरकारी तथ्यांक अनुसार हरेक वर्ष नेपालमा आउने पर्यटक मध्ये करिब दुइ लाख पर्यटकले ट्रेकिङ्ग तथा पर्वतारोहण रोज्छन । यी पर्यटकहरु मध्ये करिब आधीले मात्र पर्वतीय क्षेत्रमा जाँदा गाइड वा अन्य कामदारलाइ रोजगार दिने गर्दछन बाकि पर्यटकहरु आफै घुम्न जान्छन । वर्षेनी एकलाख हारा हारिको पर्यटकको लागि नेपालमा करिब १२ हजार तालिम प्राप्त ट्रेकिङ्ग गाइड सहित झन्डै दुइ हजार जति आरोही गाइड रहेको अनुमान छ। यहाँ नेर सरकारले येति धेरै गाइड हरुको लागि रोजगार सिर्जना गर्न कुनै पहल गरेको वा बोलेकोसम्म पाइदैन। तेती मात्र होइन गाइडहरुको कार्य क्षेत्र राष्ट्रिय निकुञ्ज हरुमध्ये केहिमा पर्यटन मन्त्रालय अन्तर्गत कै नेपाल पर्यटन तथा होटल तालिम प्रतिस्ठान (नाथम) र नेपाल पर्वतीय प्रतिष्ठान (एन एम ए) ले विधिवत प्रदान गरेका गाइड लाइसेन्सलाई मान्यता नदिई गाइडहरुको पेशालाई अपमान गरेको पनि पाइन्छ । राजधानी कै शिवपुरी- नागार्जुन राष्ट्रिय निकुन्जमा तालिम प्राप्त गाइड्लाइ पर्यटक घुमाउन बन्देज गरि निकुन्जको गेटमा रहेका ‘उनीहरुको’ गाइड नै लिनु पर्ने हास्यास्पद ब्यबस्था छ । तेस्तै केहि महिना अघिदेखि सगरमाथा राष्ट्रिय निकुन्जले पनि सरकारी निकायले नै दिएको गाइड लाइसेन्स अस्विकार गरि रु १५०० अतिरिक्त शुल्क लिई अर्को लाइसेन्स दिई मात्र गाइडहरु लाइ पर्यटकसंग निकुञ्ज प्रवेश गर्न दिने अत्यन्त अव्यवहारिक र निर्लज्ज नियम लगाउदै आएको छ। सगरमाथा निकुञ्जमा सर्वसाधारण नेपाली निशुल्क घुम्न पाउछन तर त्याँहा पर्यटकहरुलाइ घुमाउने जिम्मेवारी लिई आफ्नो कार्यक्षेत्रमा जाने ट्रेकिङ्ग गाइडलाइ भने शुल्क लिनु कति सम्म उचित कार्य हो? कार्य क्षेत्रमा जाने अरु पेशाकर्मी जस्तो वकिल, डाक्टार आदिले अदालत वा अस्पताल प्रवेश गर्दा अर्को लाइसेन्स वा अतिरिक्त शुल्क तिर्छन ? येदि तिर्दैनन भने ट्रेकिङ्ग गाइड्लाइ मात्र यस्तो अन्यायपूर्ण व्यवस्था किन हो ? वर्तमान पर्यटन मन्त्री, सरोकारवाला अन्य निकाय र अधिकारीहरुले यस तर्फ तत्काल बिचार गरुन र यस्ता अव्यवहारिक र हास्यास्पद ब्यबस्था तत्काल खारेज गरियोस ।

अम्बर तामांग

ट्रेकिङ्ग व्यवसायी

The post पर्यटन दिवस को दिन पर्यटन मन्त्रि र सरोकारवाला हरुलाई अनुरोध appeared first on .



from https://ift.tt/2ohVT8q

No comments:

Post a Comment

Pages