वर्तमान एकल जातीय राज्यविरुद्धको सङ्घर्ष जारी रहन्छ : सहअध्यक्ष श्रेष्ठ - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Monday, July 29, 2019

वर्तमान एकल जातीय राज्यविरुद्धको सङ्घर्ष जारी रहन्छ : सहअध्यक्ष श्रेष्ठ

काठमाडौँ, १४ साउन । समाजवादी पार्टी, नेपालका सहअध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले समाजवादी पार्टी, नेपाल सङ्घीयताका लागि भएको मधेश जनविद्रोह, आदिवासी जनजाति, खस, थारु, शिल्पी लगायतको आन्दोलनको मात्र नभई दशवर्षे जनयुद्धका मुद्दाहरूको वैचारिक उत्तराधिकारी पनि भएको बताएका छन् ।

उनले उक्त कुरा यहि आइतवार काठमाडौँको खुसिबुँमा भएको अन्तक्र्रिया कार्यक्रममा बताएका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि श्रेष्ठले तत्कालिन नेकपा (माओवादी)ले जनयुद्धको उतर्राद्धमा उठाएका पहिचानसहितको सङ्घीयता, समानुपातिक समावेशीकरण, वर्गीय मुक्ति, समानता, स्वतन्त्रता तथा सबैखाले विभेद र असमानताको अन्त्य जस्ता युगान्तकारी परिवर्तनका प्रगतिशील मुद्धाहरु नेकपामा विसर्जन गरेको बताउँदै समाजवादी पार्टीले ती सबै मुद्दाहरूलाई नयाँ परिस्थितिमा समय सापेक्ष ढंगले उठाएको बताए ।

पार्टीका एक विचारक नेताको रूपमा परिचित नेता श्रेष्ठले जनतालाई नेपाली समाज परिवर्तनको मौलिक बाटो सम्मुनत सङ्घीय समाजवाद दिएको बताउँदै भने, ‘समुन्नत सङ्घीय समाजवादले समानुपातिक समावेशीकरण सहितको सङ्घीय राज्य बनाई राष्ट्रिय एकता मजबुत बनाउनुका साथै देशलाई समृद्धि, सुशासन र समाजवादको बाटोमा दोहर्याउँछ ।’

पार्टी निर्माणमा विचारको महत्त्वबारे उनले भने, ‘विचार सफ्टवेयर हो भने सङ्गठन हार्डवेयर । सहि बिचारले संगठनलाई मजबुत बनााउँछ ।’

आफ्नो पार्टीले लोकसेवा आयोगको समानुपातिक समावेशी विरुद्धको असंवैधानिक विज्ञापन, गुठी विधेयक, सम्पदा संरक्षण, मातृभाषामा शिक्षा, गैरन्यायिक सडक विस्तार लगायत सरकारको प्रतिगामी कदम विरुद्ध सडक र सदनमा आवाज बुलन्द गरेको बताउँदै यसको विरुद्ध सबैसँग मिलेर संयुक्त सङ्घर्ष गर्न तयार रहेको बताए ।

उनले जबसम्म देशमा दश जोड एकको राष्ट्रिय पहिचानसहितको सङ्घीयता स्थापित हुँदैन तबसम्म वर्तमान एकल जातीय राज्यविरुद्धको सङ्घर्ष जारी रहने बताए ।

The post वर्तमान एकल जातीय राज्यविरुद्धको सङ्घर्ष जारी रहन्छ : सहअध्यक्ष श्रेष्ठ appeared first on .



from https://ift.tt/2ykFaTC

No comments:

Post a Comment

Pages