टिन्छेन फामा उत्कृष्ट आदिवासी चलचित्र - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Saturday, July 13, 2019

टिन्छेन फामा उत्कृष्ट आदिवासी चलचित्र

शेर्पा भाषाको चलचित्र टिन्छेन फामा उत्कृष्ट आदिवासी चलचित्र २०७४ बन्न सफल भएको छ । निर्देशक तथा कलाकार आङ ङिमा शेर्पा कुङ्गाले पहिलो पट्क निर्देशन गरेको चलचित्र टिन्छेन फामाले सर्बोकृस्ट आदिवासी जनजाति चलचित्र २०७४ अवार्ड प्राप्त गरेको हो । नेपाल सरकार, चलचित्र बिकास बोर्डले २०७३, २०७४ र २०७५ को एकैपटक तीन बर्षको राष्ट्रिय चलचित्र पुरस्कार तथा दिर्घ साधना सम्मान बितरण कार्यक्रममा टिन्छेन फामाले
सर्बोकृस्ट आदिवासी जनजाति चलचित्र २०७४ बाट सम्मानित भएको हो ।

चलचित्र विकास बोर्डको नोमिनेसनमा पर्न सफल चलचित्रलाई शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले पुस्तकार दिर्घ साधना सम्मान बितरण गर्नु भएको थियो ।
शेर्पा म्युजिक वर्ल्डको ब्यानरमा बनेको चलचित्रमा शेर्पा समुदायको संस्कार , संस्कृतिमा आधारित छ । निर्देशक तथा कलाकार आङ ङिमा शेर्पा कुङाको लेखन तथा निर्देशन रहेको छ भने आङ कुङ्ग शेर्पा ,छोङ्बा शेर्पा (रिन्छेन) छिरिङ डोमा शेर्पा सोनाम याङ्जी शेर्पा निर्देशक आङ ङिमा शेर्पा समेतको अभिनय रहेको छ । चलचित्र नेपालसंगै मलेसिया अमेरिका हङकङ आदि शहरहरुमा प्रदर्शन भइसकेको छ ।

शेर्पा समुदायको भाषा संस्कार संस्कृति भावी पुस्तामा हस्तान्तरण गर्न अभिभावकको महत्वलाई चलचित्र विशेष महत्त्व दिइएको छ । यो चलचित्रका अधिकांश सुटिङ हिमाली क्षेत्रमा गरिएको छ । चलचित्रको निर्माण निर्देशक आङ ङिमा शेर्पा कुङ्गा ,नायक आङ कुङ्गा शेर्पा ,नायक छोङ्बा शेर्पा र तेन्जिङ शेर्पाले गरेका हुन् ।



from Sherpa media Group Nepal https://ift.tt/2YQZ1FJ

No comments:

Post a Comment

Pages