पोर्तुगलको नेपाली कन्सुलेटमाथि उठ्यो गम्भीर प्रश्न । - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Saturday, July 13, 2019

पोर्तुगलको नेपाली कन्सुलेटमाथि उठ्यो गम्भीर प्रश्न ।

जुलाई १४/लिस्बन – नेपाल सरकारको अवैतानिक प्रतिनिधि संस्थाको रुपमा कार्यरत नेपाली कन्सुलेटमाथि पोर्तुगलका नेपालीहरुले गम्भीर प्रश्न उठाएका छन । विशेष गरी पोर्तुगलमा रहेका नेपालीहरुलाई आईपर्ने कठिनाईहरु प्रति सहयोगको अपिल गर्दासमेत उदासिन हुर्दै आएको नेपाली कन्सुलेटले पोर्तुगलमा नेपालीहरुको मृत्यु भएको अवस्थामा पनि उचित सहयोग नगरेपछि संस्थागत रुपमा नै नेपाली समाज पोर्तुगलका अध्यक्ष सोमफुरी शेर्पाले गम्भीर प्रश्न उठाएका छन ।
एक सरकारी प्रतिनिधि हुनुको नाताले विदेशमा नेपालीको मृत्यु हुँदा त्यसको सम्पूर्ण जिम्मेवारी नेपाली कन्सुलेटले लिनुपर्ने भन्दै अध्यक्ष शेर्पाले भनेका छन, “पोर्चुगलमा घट्ने अप्रिय घटनाहरुको जिम्मा नेपाल सरकारको प्रतिनिधि कन्सुलरले लिनुपर्छ । अहिले कन्सुलरको कार्यालयमा दैनिक २ हजार यूरो राजस्वको रकम जम्मा हुन्छ तर, त्यो पैसा कहाँ खर्च हुन्छ ? नेपाल सरकारलाई दिनु नपर्ने, पोर्तुगलको नेपाली समुदायलाई पनि आय व्यय देखाउन नपर्ने अनि जान्छ कहाँ ?” भनी आर्थिक अपारदर्शीताको बिषयलाई समेत जोडेर गम्भीर प्रश्न उठाएका छन ।
गत जुलाई ७ तारीख नै अध्यक्ष शेर्पाले यसरी प्रश्न उठाएपनि कन्सुलेट कार्यालय भने अहिलेसम्म यस बिषयमा मौन छ ।

The post पोर्तुगलको नेपाली कन्सुलेटमाथि उठ्यो गम्भीर प्रश्न । appeared first on .



from https://ift.tt/2XL3nN1

No comments:

Post a Comment

Pages