गुम्पा शिक्षा ङिङ्मा सम्प्रदायबाट पिएच डि गर्नु हुने पहिलो आनी कर्मा याङछेन - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Sunday, May 5, 2019

गुम्पा शिक्षा ङिङ्मा सम्प्रदायबाट पिएच डि गर्नु हुने पहिलो आनी कर्मा याङछेन

यस बर्ष पहिलो पटक गुम्बा शिक्षा ङिङ्मा सम्प्रदायबाट पहिलो पटक आनी कर्मा याङछेन शेर्पाले पिएची गरेकी छिन ।
उनले दक्षिण भारत स्थित नाम्डोलिङ गुम्बाबाट पिएच डि गरेकी हुन । उनी ङिङ्मा सम्प्रदायबाट पिएच डि गर्ने पहिलो विक्षुनी (आनी) भएकी छिन ।
सिन्धुपाल्चोक घोर्थलीकी शेर्पाले सानै उमेरबाट थाम्तेन ङिक्षौलिङ गुम्बा साखुबाट गुम्बा शिक्षा सम्बन्धी साधारण गुम्बा शिक्षा लिएकी थिइन । सन २००० मा उच्च शिक्षा अध्ययनका लागि दक्षिण भारतको नाम्डोलिङ गुम्बामा गइ अध्ययन गरेकी थिइन । उनले त्यही बसेर पहिलो पटक पिएच डि गरेकी छिन ।
पिएचडिसम्मको शिक्षा लिदाको अनुभव सुनाउदा उनलाई खुसी लागेको बताइन । अझै काधमा धेरै जिम्मेवारी थपेको उनी बताउछिन । लगनशिल, मेहनत र सत्यको बाटोमा हिडे अवश्य सफलता हासिल गर्न सकिने उनी बताउछिन ।
हिमालयन बौद्ध शेर्पा सांस्कृतिक संरक्षण समाजले उनको सफलताको सम्मान गरेको थियो ।

The post गुम्पा शिक्षा ङिङ्मा सम्प्रदायबाट पिएच डि गर्नु हुने पहिलो आनी कर्मा याङछेन appeared first on .



from http://bit.ly/2H4oJQv

No comments:

Post a Comment

Pages