आधार शिविर घासे मौदान थियोः कान्छा शेर्पा - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Saturday, May 4, 2019

आधार शिविर घासे मौदान थियोः कान्छा शेर्पा

१९५३ मा पहिलो पटक सगरमाथा आरोहण गर्ने टिमका एक जिवित व्यक्ति कान्छा शेर्पा अहिले ८७ बर्ष पुगेको छ , उनी ३५ जना टिम मध्येको एक जिवित व्याक्ति हुनुहुन्छ । कान्छा शेर्पा फाउन्डेशनको स्थापना गरी दुर्गम भेगका बालबालिकाहरुलाई शिक्षा स्वास्थ्य र जलजायु परिर्वतनसम्बन्धी कार्यहरु गर्दै आउनु भएको छ ।

कान्छा शेर्पा २० बर्षको उमेर हुदा घरको अािर्थक अवस्था सम्हाल्न कामको खोजीमा भागेर दार्जिलिङ पुगेको थियो । दार्जिलिङमा उनको भेट स्वा. तेन्जिङ नोर्गे शेर्पासगँ भयो । उनले ३ महिना दार्जिलिङमा नै काम गरे । एकदिन तेन्जिङले अव चोमालोङ (सगरमाथा) मा जानु पर्छ भनी सुनाए । कान्छालाई पनि जान मन लाग्यो । खुसी हुर्दै अव चोमालोङमा जान पाउने भए भनेर खुसीको सिमा रहेन ।

विस्तारै विस्तारै समय वित्दै गयौ आरोहणमा जाने दिन पनि नजिकिदै गएको थियो । कान्छाले तेन्जिङ नोर्गेसगै दाजिलिर्ङबाट यात्रा सुरु गरे सवैजना रक्सोलसम्म पुगेर आरोहणमा चाहिने सामान र टिम आउने प्रतिक्षामा बसे । त्यस भन्दा पहिला कान्छा शेर्पाले कहिल्यै पनि विदेशी देखेका थिएनन । उनले पहिलो पटक हिल्लरीलाई देखेको थियो (अग्लो, गोरो) अचम्मित भए ओहो विदेशी भनेको त यस्तो पो हुने रहेछ भनी छक्क परेको थियो ।

रक्सोलमा सवै सामान आएपछि यात्रा रक्सोल हुदै भक्तपुरमा क्याम्प राखेका थिए । त्यस समय भक्तपुर पुरा खाली मैदान थियो । केही थिएन । त्यहाको एक हप्ता बसाइपछि यात्रा सगरमाथाको लागि तयभयो । त्यस समयमा यातायतको साधन थिएन ।

सगरमाथा आरोहण गर्दा चाहिने सवै सामान हिल्लरीले बाहिरबाट नै ल्याएको थियो त्यस समयमा नेपालमा सवै सामान पाउदैन थियो । लगाउने कपडा, अक्सिजन, र अन्य सवै सामाग्री बाहिरबाट नै ल्याएको थियो । कपडा भए पनि नभएपनि बाध्य भएर लगाउनु पथ्यौ । सगरमाथा आरोहणमा जादा एक दिनका्े ८ पैसा (चादीको सिक्का) दिएको थियो ।

भक्तपुरबाट नाम्चेसम्मको यात्रा
भक्तपुरबाट चार सय जना भरियाको साथमा यात्रातय भएको थियो । खाडी चौर, मुडे हुदै जिरी त्यसपछि विस्तारै विस्तारै १६ दिनमा नाम्चे पुगेको थियो । नाम्चेमा सामान पु¥याएर ४ सय जना भरिया फर्किएको थियो । ४ सय जनाको भारी याकलाई बोकाएर आधार शिविर पु¥याएको थियो ।

चादिको पैसा
आरोहणमा जाने टिमलाई दिनका लागि त्यससमयमा चादीँको पैसाको चलन थियो । त्यसलाई ठफ्फु भनिन्थ्यो । २५ जना भरियालाई चादीँको पैसा भोकाएको थियो । त्यसको सुरक्षाको लागि नेपाल सरकारले ५ जना शुरक्षाकर्मी खटाएका थिए ।

आधार शिविर घासे मैदान
जव हामी पहिलो पटक आरोहणका लागि आधार शिविर पुग्यौँ त्यस समयमा चौरी गाइहरु चर्ने खर्क थियो । हरियो घासले आधार शिविर घेरिएको थियो । चोरीहरु आधार शिविरमा रमाउने गर्थे । अहिले जलवायु परिर्वतन र प्रदुषणले गर्दा सवै ग्यासियरमा परिर्वतन भइरहेको छ । यो राम्रो संकेत हैन कान्छा शेर्पा भन्छ ।

आधार शिविर र क्याम्पहरुको निधारर्ण
त्यस समयमा अहिले जस्तो राम्रो स्रोत साधन थिएन । उचाइ कति छ कहाँ क्याम्प राख्ने भन्ने केही उपकरण नभएकोले गर्दा अन्दाजको भरमा क्याम्पहरु निमार्ण गरिन्थ्यौँ । जहाँ सजिलो र फराकिलो ठाउँ छ त्यहा नै क्याम्प निमार्ण गर्ने गरिन्थ्यौ । कति उचाइमा के छ भन्ने थाहै नभइ क्याम्प एक २, ३ निमार्ण गर्ने गर्थे ।

बाटो बनाउन नाम्चेबाट १० वटा सल्लाको रुख काटेर लिएर गएको थियो ।
आधार शिविरबाट अन्य क्याम्पहरु निमार्ण गर्न १० जना शेर्पा नाम्चे आएर १० वटा सल्लाको रुख काटेर लगेको थियो । त्यस समयमा स्रोत साधन नभएकाले गर्दा बाटो निमार्णका लागि नाम्चेबाट सल्लाको रुख लाने गथ्यौँ । यसरी नै स्थानीय स्रोत साधनको प्रयोग गरि बाटो निमार्ण गर्ने गथ्यौँ । त्यस समयमा हाइ लाग्दा के हुन्छ ? के खानु पर्छ भन्ने ज्ञान थिएन ।

तेन्जिङ र हिल्लरीले सगरमाथा चुचुरोमा पाइला टेक्दा हामी क्याम्प २ मा पर्खेर बसेका थियौँ ।

१ बजे समिटमा पुग्यौ हामी भनेर तेन्जिङले ओकेटोकेमा कल गरेको थियो । खुसीको सिमा रहेन । सवैलाई जानकारी दिए । हिल्लरी र तेन्जिङ चोमालोङमा सगरमाथाको चुचुरोमा पुग्न सफल भयो भनी । क्याम २ मा भएका हामी सवै जना खुसी भएर उनीहरु आउने प्रतिक्षा गरेर बसेका थियौँ । ३ बजे पुगेको थियो ३ घण्टासम्म क्याम्प २ बसेर उनीहरु आधार शिविर तर्फ लाग्यौ । हामी क्याम्प २ मा रहेको सामानहरु तल जार्दै विस्तारै फकेका थियौँ
मलाइ बुवा आमाले जन्म दिनुभयो तर आखा तेन्जिङे देखायो । बुवाआमाले जस्तै माया गर्नु भयो । संसारमा चिनाउनु भयो । आज पनि म तेन्जिङ जिवित नै छ जस्तो लाग्छ ।

The post आधार शिविर घासे मौदान थियोः कान्छा शेर्पा appeared first on .



from http://bit.ly/2J1goPD

No comments:

Post a Comment

Pages