सोलुखुम्बुको केरुङमा १४ औं बज्रगुरु पूजा, ११ गतेसम्म सञ्चालन हुने - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Wednesday, April 17, 2019

सोलुखुम्बुको केरुङमा १४ औं बज्रगुरु पूजा, ११ गतेसम्म सञ्चालन हुने

सोलुखुम्बु – नयाँ बर्षको शुभारम्भसँगै सोलुखुम्बुको केरुङमा बज्रगुरु पूजा शुरु भएको छ । केरुङमा भईरहेको यो पूजा १४ औं बज्रगुरु पूजा हो । बज्रगुरुपूजामा तेङ्बोछे गोन्पाका गुरु रिन्पोछे ङवाङ तेन्जिङ जाङ्बु, तोलका टुल्कु सहित अरु ठुला धर्मगुरुहरु पनि सहभागी हुनुहुन्छ ।

पूजामा टाढा टाढाबाट समेत बौद्धधर्मावलम्बी आउनुभएको छ । बज्रगुरु पूजा मूल आयोजक समितिका अध्यक्ष आङ काजी शेर्पाले बज्रगुरु पूजा मानव जातिको लागि मात्रै नभई यो धर्तीमा रहने सम्पूर्ण प्राणी जगतको कल्याण, देशमा शान्ति, सदभाव र अमनचयन कायम रहोस् भन्ने कामनाका लागि बज्रगुरुपूजा आयोजना गरिएको बताउनुभयो ।

उहाँले केरुङको पावन भूमिमा यस अघि यस्तो महान धार्मिक पूजा कहिल्यै नभएको र यो विशाल ऐतिहासिक धार्मिक कार्यक्रम भएको बताउनुभयो । उहाँले आफ्नो महत्वपूर्ण काम त्यागेर पूजामा सरिक हुनुभएकोमा धर्मप्रेमी दाजुभाइ तथा दिदीबहिनीहरुलाई स्वागत गर्दै धन्यबाद व्यक्त गर्नुभयो । अध्यक्ष शेर्पाले बज्रगुरु पूजा सफल पार्नका लागि सबैले आ – आफ्नो क्षेत्रबाट योगदान पुराएको भन्दै सबैलाई धन्यबाद व्यक्त गर्नुभयो । बज्रगुरु पूजा यही बैशाख ११ गते समापन हुनेछ ।

The post सोलुखुम्बुको केरुङमा १४ औं बज्रगुरु पूजा, ११ गतेसम्म सञ्चालन हुने appeared first on .



from http://bit.ly/2Givvk0

No comments:

Post a Comment

Pages