ससफोको राष्ट्रिय महाधिवेशन वैशाख २८ देखि जनकपुरमा - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Wednesday, April 17, 2019

ससफोको राष्ट्रिय महाधिवेशन वैशाख २८ देखि जनकपुरमा

काठमाडौं, ४ वैशाख । संघीय समाजवादी फोरम नेपालको प्रथम राष्ट्रिय एकता महाधिवेशन आगामी वैशाख २८, २९ र ३० गते प्रदेश नं २ को जनकपुरमा हुने भएको छ । महाधिवेशनका लागि ‘विभेदरहित लोकतन्त्र, पहिचानसहितको संघीय गणतन्त्र’ शीर्षकको नारा तय गरिएको छ ।

महाधिवेशन प्रचारका लागि पार्टीका उपमहासचिव प्रकाश अधिकारीको संयोजकत्वमा ११ सदस्यीय महाधिवेशन प्रचार–प्रसार उपसमिति गठन गरिएको छ । महाधिवेशन तयारीका लागि अन्य विभिन्न उपसमितिहरू समेत बनाइएकाे छ ।

उपसमितिका सदस्य पूर्ण बस्नेतले महाधिवेशनको प्रचारका लागि सामग्री तयार पार्ने र प्रचार गर्ने काम सुरु गरिएको बताए । पार्टीका प्रचार विभाग उपप्रमुख तथा केन्द्रीय सदस्य समेत रहेका उनले अब राष्ट्रिय जनता पार्टी र नयाँ शक्ति पार्टी लगायतसँगको एकता वार्ताले महाधिवशेन रोकिने अवस्था नभएको प्रष्ट पारे ।

‘पार्टी एकता हुँदा पनि महाधिवेशन रोकिदैन, महाधिवेशनको तयारी अघि बढिसक्यो,’ उनले भने । राजपा र नयाँ शक्तिसँग एकताको चर्चा चलिरहेको बेला ससफोको महाधिवेशनको समय फेरि सर्ने हो कि ? भन्ने आशंका उत्पन्न भएको थियो । तर अब तोकिएकै मितिमा महाधिवेशन हुने बस्नेतले बताए ।

The post ससफोको राष्ट्रिय महाधिवेशन वैशाख २८ देखि जनकपुरमा appeared first on .



from http://bit.ly/2GpFVOK

No comments:

Post a Comment

Pages