मौसम प्रतिकुल हुँदा लुक्लाको उडान प्रभावीत । - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Saturday, April 6, 2019

मौसम प्रतिकुल हुँदा लुक्लाको उडान प्रभावीत ।

चैत्र २३ सोलुखुम्बु ः मौसम प्रतिकुल हुँदा तेञ्जिङ हिलारी बिमान स्थल लुक्लाको उडान सेवा प्रभावीत बनेको छ । शनिबार विभिन्न कम्पनिको ५८ वटा बिमानले उडान भर्ने तालिका भएपनि २८ वटा बिमानले मात्र उडान भर्नसफल भएको बिमानस्थलका प्रमुख इमानाथ अधिकारीले जानकारी दिनुभयो ।
बिहान मौसम प्रतिकुल हुँदा कुनैपनि उडान भएन भने दिउसो १२ बजे देखी उडान सुचारु भएको थियो । शनिबार १२ वटा बिमान तथा २२ वटा हेलिकप्टरले उडान भरेको नागरिक उड्यान प्राधिकरण लुक्लाले जनाएको छ । बिमानस्थलका अनुसार तारा, सिता र समिट एयरलाईन्सले नियमति उडान भर्दै आएका छन् । उडान रद्ध हुँदा खुम्बु क्षेत्र आउने सयौ पर्यटक मनथली बिमानस्थलमै रोकिएका छन् ।
सोलु एफ एम

The post मौसम प्रतिकुल हुँदा लुक्लाको उडान प्रभावीत । appeared first on .



from http://bit.ly/2IhmHxx

No comments:

Post a Comment

Pages