विश्लेषण गर्नुस्, कांग्रेस-कम्युनिष्टको भोट घट्दैछ, ससफोको बढ्दैछ - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Saturday, April 6, 2019

विश्लेषण गर्नुस्, कांग्रेस-कम्युनिष्टको भोट घट्दैछ, ससफोको बढ्दैछ

ललितपुर, २३ चैत । संघीय समाजवादी फोरम नेपालका उपाध्यक्ष रकम चेम्जोङले पछिल्लो निर्वाचनपछि विश्लेषण गर्दा संघीय समाजवादी फोरम नेपाल बढ्दै गएको तर कांग्रेस-कम्युनिष्ट पार्टीहरु घट्दै गएको दाबी गरेका छन् । शनिबार ललितपुरको बालकुमारी आयोजित ससफोनिकट संघीय खेलकुद महासंघको प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा उपाध्यक्ष चेम्जोङले उक्त दाबी गरेका हुन् ।

उनले भने, ‘निर्वाचनमा कांग्रेस भन्दा कम भोट ल्यायो, कम्युनिष्ट भन्दा कम ल्यायो । तर विश्लेषण गरेर हेर्नुहोस् कुनै दल बढ्दैछ भने त्यो संघीय समाजवादी फोरम नेपाल हो ।’ उनले कांग्रेस, कम्युनिष्ट, राजपा क्रमशः खिइदै गएको बताए ।

उनले ससफो अहिले तेस्रो दलको रुपमा रहेको र जनतामा यसप्रति आकर्षण बढिरहेको बताए । उनले भने, ‘अहिले कुनै दलप्रति आकर्षण छ भने संघीय समाजवादी फोरमप्रति छ । किनभने यसको नीति, सिद्धान्त नेपाली समाजमा रहेको विभेदलाई अन्त गर्ने खालको छ ।’ उनले सानातिना दलहरु यस दलप्रति समाहित भएको र अन्य दलहरुलाई पनि वार्ताको माध्यमबाट एकीकृत गर्ने प्रयास जारी रहेको बताए ।

ससफो वैकल्पिक राजनीतिक शक्ति भएको उनले बताए । उनले कांग्रेस र कम्युनिष्टले नेपाली समाजमा रहेको विभेद र असमानताविरुद्ध नलड्ने बताए । सो क्रममा उनले वर्तमान कम्युनिष्ट सरकारले आर्थिक विकास र समृद्धि ल्याउन नसक्ने बताए । कम्युनिष्टहरुले समृद्धिको नारा जतिसुकै लगाए पनि समृद्धि ल्याउन नसक्ने उनले ठोकुवा गरे ।

-sarbajanik khabar

The post विश्लेषण गर्नुस्, कांग्रेस-कम्युनिष्टको भोट घट्दैछ, ससफोको बढ्दैछ appeared first on .



from http://bit.ly/2OU4eZh

No comments:

Post a Comment

Pages