बालबालिकालाई आर्थिक सहयोग - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Wednesday, March 13, 2019

बालबालिकालाई आर्थिक सहयोग

इनरुवा, २८ फागुन 
सुनसरी सदरमुकाम इनरुवा–२ मा रहेको एक मुस्लिम संस्थाले २१८ जना अनाथ तथा अति विपन्न बालबालिकालाई आर्थिक सहयोग उपब्ध गराएको छ ।

सदरमुकाम इनरुवा–२ मा रहेको हिदायत एजुकेशनल एण्ड वेलफेयर ट्रस्टले सोमबार २१८ जना अनाथ तथा अति विपन्न बालबालिकालाई जनही रु ३१ हजार २०० का दरले सहयोग रकम उपलब्ध गराएको ट्रस्टका कार्यक्रम संयोजक हजरत हुसेनले जानकारी दिनुभयो ।

इनरुवा–२ मा रहेको उक्त ट्रस्टले कतार च्यारेटी नेपालको सहयोगमा अनाथ बालबालिकासहित अपाङ्ग, गरीब र विपन्न परिवारलाई आर्थिक सहयोग उपलब्ध गराएको कार्यक्रम संयोजक हुसेनले बताउनुभयो । इनरुवा नगरपालिकाका प्रमुख राजन मेहताको उपस्थितिमा ट्रस्टका अध्यक्ष मौलाना हारुन खान मजहरी र कतार च्यारेटी नेपालका कार्यक्रम अधिकृत जियाउल रहमान खानले रकम वितरण गरेका थिए ।

बालबालिकालाई आर्थिक सहयोगसो कार्यक्रममा ११८ अनाथ बालबालिका, १७ जना अपाङ्गता भएका व्यक्ति, २९ जना गरीब विद्यार्थी, परिचालक ३७ जना र दुई विपन्न परिवारलाई सहयोग रकम हस्तान्तरण गरिएको अध्यक्ष मजहरीले बताउनुभयो ।

ट्रस्टले अनाथ बालबालिकासहित सामाजिक उत्तरदायित्व निर्वाह हुने खालका विभिन्न आवश्यकता अनुरुपका शीर्षकमा विपन्न तथा गरीब परिवारलाई लक्षित गरी सहयोग उपलब्ध गराउँदै आएको छ । ट्रस्टले अनाथ बालबालिकालाई जनही ३१ हजार २००, अपाङ्गता भएका व्यक्तिलाई जनही ३९ हजार ६००, गरीब विद्यार्थीलाई जनही रु ३१ हजार २००, परिचालकलाई रु ४८ हजारका दर र विपन्न परिवारलाई रु ४५ हजारको दरले सहयोगवापतको आर्थिक रकम वितरण गरेको अध्यक्ष मौलाना हारुनले बताउनुभयो ।

यसैगरी अतिरिक्त क्रियाकलापमा उत्कृष्ट हुने छात्रछात्रालाई समेत पुरस्कृत गरिएको थियो । आर्थिक सहयोगका लागि ट्रस्टमा सुनसरीसहित झापा, मोरङ, सप्तरी र सिरहाबाट आवेदन परेका थिए । प्राप्त आवेदनमध्ये प्राथमिकताका आधारमा सहयोग उपलब्ध गराइएको कार्यक्रम संयोजक हुसेनले बताउनुभयो । रासस

The post बालबालिकालाई आर्थिक सहयोग appeared first on DakpiKhabar.com.



from DakpiKhabar.com https://ift.tt/2TE32i4

No comments:

Post a Comment

Pages