खुला विज्ञापनको उत्तरपुस्तिका परीक्षण ५० प्रतिशत सकियो, नतिजा वैशाखसम्म - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Thursday, March 21, 2019

खुला विज्ञापनको उत्तरपुस्तिका परीक्षण ५० प्रतिशत सकियो, नतिजा वैशाखसम्म

काठमाडौं/७ फागुन– स्थायी शिक्षक खुला विज्ञापनको उत्तरपुस्तिका परीक्षणको काम ५० प्रतिशत सकिएको शिक्षक सेवा आयोगले जानकारी दिएको छ ।

आयोगका प्रशासकिय प्रमुख डा. तुलसीप्रसाद थपलियाले भने, “तीन वटै तहको गरेर लगभग ५० प्रतिशत उत्तरपुस्तिकार परीक्षण भइसकेको छ, वैशाखसम्म नतिजा प्रकाशन गर्ने तयारी गरेका छौं ।”

आयोगले कुल १२ हजार ७ सय ३९ पदका लागि गरेको विज्ञापनमा २ लाख ८२ हजारले आवेदन फारम भरेर परीक्षा दिएका थिए ।

प्राथमिक तहमा ९ हजार ९ सय जना, निम्नमाध्यमिक तहमा १६ सय ३५ र माध्यमिक तहमा ११ सय पदका लागि विज्ञापन आह्वान गरेको थियो ।

जसमा लगभग १ लाखको कापी परीक्षणको काम सकिएको उनले बताए । स्थायी शिक्षक खुलातर्फको परीक्षा गत असोज महिनामा सञ्चालन भएको थियो ।

The post खुला विज्ञापनको उत्तरपुस्तिका परीक्षण ५० प्रतिशत सकियो, नतिजा वैशाखसम्म appeared first on .



from https://ift.tt/2FjWnzA

No comments:

Post a Comment

Pages