च्याङमा ओर्गेन छ्योलिङ गुम्बामा तीन दिने आयु अभिषेक तथा धर्मप्रवचन कार्यक्रम आज सम्पन्न - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Saturday, March 23, 2019

च्याङमा ओर्गेन छ्योलिङ गुम्बामा तीन दिने आयु अभिषेक तथा धर्मप्रवचन कार्यक्रम आज सम्पन्न

रामेछाप,चैत्र ८
रामेछापको उत्तरी बाम्तीभण्डारको च्याङमा ओर्गेन छ्योलिङ गुम्बामा श्रद्धेय खेन्पो साङ्गे राङजुङ रिन्पोछेबाट तीन दिने आयु अभिषेक तथा धर्मप्रवचन कार्यक्रम सम्पन्न भएको छ । २०७२ सालको महाविनाशकारी भुकम्पले पूर्ण क्षतिग्रस्त गुम्बा तथा चैत्य स्थानिय बासिन्दा,विभिन्न संघ संस्था तथा श्रद्धेय गुरुहरुको प्रयासले देशविदेशबाट आर्थिक सहयोग जुटाई निर्माण गरिएको गुम्बाको गत बुधबार प्रतिनिधि सभका सभसद जिप छिरिङ लामा तथा खेन्पो साङ्गे राङजुङ रिन्पोछेबाट उत्घाटन तथा राब्ने कार्याक्रम सम्पन्न गरि धर्मप्रवचन तथा आयु अभिषेक कार्यक्रम सुरु गरिएको थियो । कार्यक्रममा प्रदेश सभका सभासद आङ देण्डी शेर्पा,नेपाल शेर्पा संघको अध्यक्ष आङ दोर्जी शेर्पा,सामाजसेवी गेल्जे शेर्पा लगयत लामागुरु तथा भक्तजनहरुको उपस्थिती थियो । कार्यक्रममा गुम्बा तथा चैत्य निर्माणमा आर्थिक तथा भौतिक सहयोग गर्ने व्यक्तहरुलाई सम्मान गरिएको थियो । गुम्बा निर्माण भए पश्चात विभिन्न धार्मिक कार्यक्रम गर्न सहज भएको स्थानियहरुले बताउनु भएको छ । भोलि धर्मगुरु तथा अतिथिहरुलाई विदाई गर्ने कार्यक्रम रहेको छ



from Sherpa media Group Nepal https://ift.tt/2TURLKy

No comments:

Post a Comment

Pages