खुम्बुपासाङल्हामु सडक सञ्जालमा जोडिने । - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Thursday, March 21, 2019

खुम्बुपासाङल्हामु सडक सञ्जालमा जोडिने ।

सोलुखुम्बु ः खुम्बुपासाङल्हामु गाउँपालिकाले चालुआर्थिक बर्षमा गाउँपालिकाको वडा नम्बर १ बुक्सा सम्म सडक पु¥याउने भएको छ । हाल सम्म सडक सञ्जालले नजोडिएको एक मात्र गाउँपालिका खुम्बुपासाङल्हामु यस बर्ष देखी सडकले जोडिने भएको हो ।
अबको केही दिनमै खुम्बुसाङल्हामु गाउँपालिकाको वडा नम्बर १ खरिखोलामा सडक पुग्ने खुम्बुपासाङल्हामु गाउँपालिका प्रबक्ता लाक्पाछिरी शेर्पाले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले माप्यदुधकोशी गाउँपालिका १ जुभिङको बुम्बुरी सम्म सडक पुगीसकेको छ भने खरिखोला पुग्न करिब ४ किलोमिटर बाँकी छ ।
सल्लेरी देखी बुम्बुरी सम्म सवारी साधान सञ्चालन भईसकेको प्रबक्ता लाक्पाछिरि शेर्पाले जानकारी दिनुभयो । उहाँका अनुसार माप्यदुधकोशी र खुम्बुपासाङल्हामु गाउँपालिकाको संयुक्त लगानीमा सडकको ट्रायाक खोल्ने काम भईरहेको छ । ट्रायाक खोल्नको लागि दुई गाउँपालिकाले ३९–३९ लाख लगानी गर्ने सहमतीपत्रनै तयार गरेर काम अघि बढाइएको छ । तर उक्त रकम अपुग भए पुन खर्च विवरण अनुसार दुवैगाउँपालिकाले बाराबारी लगानी गर्ने सहमती रहेको माप्यदुधकोशी गाउँपालिका प्रमुख बुद्धिकिरण राईले जानकारी दिनुभयो । बिकास निमार्णमा दुई गाउँपालिका एक भएर अगाडी बढ्ने सहमती भएको उहाँको भनाई छ ।
सरदमुकाम सल्लेरी देखी ३० किलोमिटरमा रहेको माप्यदुधकोशीको वडा नम्बर २ अधेरी सम्म यसअघिनै सडक पुगीसेको थियो भने वडा नम्बर १ हुदै खुम्बुपासाङल्हामुको वडा नम्बर १ को बुक्सा सम्म ४० किलोमिटर सडक यस बर्ष निर्माण गरिने छ । लुक्ला सम्मको बाँकी करिब ३० किलोमिटर सडक आगामी आर्थिक बर्षमा निर्माण गरिने गाउँपालिका प्रबक्ता लाक्पाछिरी शेर्पाले जानकारी दिनुभयो ।
लुक्ला भन्दा माथि सडक नलैजान पर्यटनव्यवसायीको सुझाव ।

यसै बीच पर्यटकिय हिसाबले देशमै चर्चित एभरेष्ट रिजनमा घुम्ने पर्यटकलाई थप आकर्षित गर्नको लागि खुम्बुपासाङल्हामु गाउँपालिका केन्द्र सहित लुक्ला भन्दा माथि नलैजान पर्यटन व्यवसायीले सुझाव दिएका छन् । सडक मार्गलाई लुक्ला भन्दा माथि लगेमा खुम्बुको पर्यटनलाई यथावत राख्न नसकिने हाई स्प्रीट ट्रेक्स एण्ड एक्सपिडिसन नेपाल प्रा.लि.का सञ्चालक शिबबहादुर बस्नेतले बताउँनुभयो ।
त्यहाँको मौसम र पर्यटकको स्वास्थ्य अनुसारपनि लुक्ला भन्दा माथि सवारी साधनमा पुग्दा अधिकांसलाई समस्या हुने, दृश्यअवलोकनका लागि समेत उपयुक्त नहुने हुँदा सडक निर्माणमा ध्यान दिन आवश्यक रहेको उहाँको भनाई छ ।
त्यहाँको वाहापानी, वातावरण, भ्यूप्वाईन्टलाई मध्येनजर राख्दा लुक्लाबाट पैदल यात्रानै उपयुक्त हुने ट्रेकिङ व्यवसायीको भनाई छ । सगरमाथा क्षेत्रको खास जोगाउनको लागि राज्यले ध्यान दिनुपर्ने पदप्रदर्शक किताब सिं तामाङले बताउँनुभयो ।
– सोलु एफ.एम

The post खुम्बुपासाङल्हामु सडक सञ्जालमा जोडिने । appeared first on .



from https://ift.tt/2HECtTN

No comments:

Post a Comment

Pages