खातक विवादबारे लेखक सेर्कु शेर्पाको सुझाव - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Friday, March 15, 2019

खातक विवादबारे लेखक सेर्कु शेर्पाको सुझाव

पछिल्लो समय हामी सबै सरकारी तहबाट खातकको बिरोध भयो भनेर विरोधमा तल्लिन छौ । जुन आवश्यकता पनि हो । तर यसो भन्दै गर्दा मेरो आफ्नो व्यक्तिगत बुझाई के हो भने सरकारले खातकको बिरोध मात्र नभई खातकमा लेखिएको गौतम बुद्धको वचनको पनि विरोध गरेको हो जुन सम्भोटा लिपिमा लेखिएको हुन्छ । खातकमा बुद्ध वचन साभार गरिएको हुन्छ जसको गहनता भाषा बुझ्नेहरुले मात्र थाह हुन्छ जसलाई एउटा श्लोक भनिन्छ । सम्भोटा लिपिमा यसलाई हिक्चे भनिन्छ । जहाँ चार ओटा हरफको एउटा श्लोक हुन्छ । नेपालको हिमाली भेगमा बसोबास गर्ने आदिवासी समुदायले तत्कालिन समयदेखि नै यो लिपि प्रयोग गर्दै आएको छ । विविधताको नारा लगाउने सरकार वेखबर छन । आफ्नो लिपि जाने पनि देवनागरी लिपि नजान्दा औंठा छाप अर्थात ल्याप्चे ठोकेर नागरिकता लिनु पर्ने बाध्यता थियो र अझै पनि छ । तर अहिले नागरिकबाट चुनिएको सरकारले पनि उनीहरुको मर्म बुझ्न सकेन । त्यसैको उपच हो खातकको विरोध र खातकमा लेखिएको सम्भोटा लिपि माथीको प्रहार , बुद्धको वचन नै फ्री तिब्बतको नारा हुने ?
विश्वमा सन २००१ देखि २०१५ सम्म सहस्राब्दि विकासका लक्ष्यहरुको सुरुवात भयो जसको नारा सबैको लागि शिक्षा रहेको थियो । फलस्वरुप आज सम्भोटा लिपिमा पढ्ने विध्यार्थीहरु पनि गोन्पा शिक्षाको नामबाट शिक्षित समुहमा गणना गर्न पुगेको छ । त्यो भन्दा अगाडिको ईतिहास हेर्ने हो भने गोन्पा शिक्षालाई खासै महत्व दिएको पाइँदैन । यसरी गौतम बुद्ध नेपालमा जन्मेको हो भनेर गर्व गर्ने नेपाल सरकारले गौतम बुद्धको वचन पढाई हुने गोन्पा शिक्षालाई महत्व नदिनु अनि बुद्ध वचनमा लेखिएको कुरालाई के लेखिएको छ भनेर अध्ययन नगरी फ्री तिब्बतको नारा लेखिएको देख्नु दु.खद कुरा हो । त्यसैले नागरिकको मतबाट चयन भएका पहिलो संघिय सरकारलाई मेरो सुझाव मिल्छ भने विश्वविद्यालयबाट उत्पादन भएका जनशतिmका लागि मात्र नभई हरेक वर्ष विभिन्न गोन्पाहरुबाट उत्पादन भएका शिक्षित जनशतिmका लागि पनि लोकसेवा खुलाउनु होस् । प्रत्येक मन्त्रालय सहित सरकारी कार्यालयहरुमा सम्भव भएसम्म सम्भोटा लिपिमा स्नातक तह , स्नातकोत्तर , विधिवारिधी गरेका नेपाली नागरिकता भएको व्यक्तिलाई नियुक्ति दिनुहोस् । जसलाई दोजे लोपेन,आचार्य,लोपेन,खेन्पो,रिन्पोछे भनिन्छ । त्यसैले सडकबाट आन्दोलन भन्दा पनि सदन र वार्ताको संघर्ष तय गर्ने हो की ?
धन्यवाद

सेर्कु शेर्पाको फेसबुकबाट

The post खातक विवादबारे लेखक सेर्कु शेर्पाको सुझाव appeared first on DakpiKhabar.com.



from DakpiKhabar.com https://ift.tt/2Taq23g

No comments:

Post a Comment

Pages