४ हजार अस्थायी शिक्षकलाई ‘गोल्डेन ह्याण्डसेक, ८ अर्ब खर्च लाग्ने - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Saturday, March 16, 2019

४ हजार अस्थायी शिक्षकलाई ‘गोल्डेन ह्याण्डसेक, ८ अर्ब खर्च लाग्ने

सरकारले आन्तरिक परीक्षामा असफल भएका र परीक्षामा भाग नलिएका अस्थायी शिक्षकलाई सुविधासहित अवकाश दिन प्रक्रिया सुरु गरेको छ । शिक्षा ऐनको आठौं र नवौँ संशोधनको व्यवस्था अनुसार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सो प्रक्रिया थालेको हो ।

शिक्षा ऐन, २०२८ (नवौँ संशोधन) को दफा ११ (च) को उपदफा (९)) अनुसार ती शिक्षकको विवरण यकिन गरी सेवाको अवधि प्रमाणितसहित शिक्षक किताबखानामा सिफारिस गर्न केन्द्रले सर्कुलर गरेको छ ।

केन्द्रको पत्राचारपछि ७५ वटै शिक्षा विकास तथा समन्वय एकाइले विवरण सङ्कलनका लागि सूचित गरेको छ । केन्द्रका निर्देशक नगेन्द्रराज रेग्मीले गत फागुन २८ गते सबै एकाइलाई पत्राचार गरेका थिए । विगतमको जिल्ला शिक्षा कार्यालयको काम हाल एकाइले गर्दै आएको छ ।

ऐनको ११ च को उपदफा १० (१) बमोजिम शिक्षक सेवा आयोगले स्थायी पदपूर्तिका लागि आन्तरिक लिइएको परीक्षामा दरखास्त दिने अन्तिम मितिसम्मको अवधिलाई अधिकतम २० वर्ष मानी तोकिएको सुविधा दिइनेछ । हालसम्मको अनुमानमा करिब चार हजार शिक्षक यो प्रक्रियाबाट ‘गोल्डेन ह्याण्डसेक’ सहित बिदा हुनेछन् ।

मन्त्रालयका प्रवक्ता बैकुण्ठप्रसाद अर्यालले सो प्रयोजनका लागि करिब आठ अर्ब बजेट लाग्ने अनुमान गरिएकामा करिब रु पाँच अर्ब बजेट रहेको र अपुग रु तीन अर्बका लागि अर्थ मन्त्रालयसँग समन्वय भइरहेको जानकारी दिए । प्रवक्ता अर्यालले भने, “अवकाश हुने शिक्षकको विवरण सङ्कलनको काम शुरु भएको छ । विवरण प्राप्त भएपछि किताबखानाले विदाइको प्रबन्ध गर्नेछ । अपुग रकमको व्यवस्थापनका लागि समस्या पर्दैन ।”

कूल २६ हजार १५१ रिक्त शिक्षक दरबन्दीमध्ये २२ हजार ७६ पदमा विज्ञापन गरिएकामा दुई हजार ५०० पदमा दरखास्त नपरेकाले बाँकी पदमा परीक्षा भएको थियो । अघिल्लो वर्ष असार ९ गतेको नेपाल सरकार, नेपाल शिक्षक महासङ्घ र अस्थायी शिक्षक सङ्घर्ष समितिबीच भएको चार बुँदे सहमतिका आधारमा शिक्षा ऐनमा संशोधन भई आयोगले आन्तरिक परीक्षा लिएको थियो । नेपाल शिक्षक महासङ्घले सेवाबाट बिदा हुने अस्थायी शिक्षकलाई गत फागुन ९ गतेको सहमतिका आधारमा सुविधा दिएर चाँडो घर पठाउन माग गर्दै आएको छ ।

कार्यरतमध्ये ७५ प्रतिशतसम्मका शिक्षकलाई आन्तरिक परीक्षामा सामेल गराउने सहमति भएको थियो । आयोगका सूचना अधिकारी रामराज खकुरेलले हालसम्म मावि र निमाविसम्मको परीक्षाको परीक्षाफल प्रकाशन भइसकेको र प्रावि तहको १९ जिल्लाको सम्पन्न परीक्षाफल प्रकाशन भइसकेको जानकारी दिए । परीक्षामा न्यूनतम ४० अङ्क प्राप्त गर्ने शिक्षक सफल हुनेछन् ।

छुट अस्थायी पुनः आन्दोलित
छुट अस्थायी करार शिक्षक सङ्घर्ष समिति नेपालले विसं २०७२ असोज २ अघि नियुक्त अस्थायी शिक्षकलाई मात्र आन्तरिक परीक्षामा लगिएको भन्दै छुट अस्थायी र करार शिक्षकका लागि हुने गरी नयाँ ल्याइने सङ्घीय शिक्षा ऐनमा प्रबन्ध गर्न माग गर्दै आएको छ ।

शिक्षक तालीम र अध्यापन अनुमति प्रमाणपत्र नभएका अस्थायी शिक्षकले परीक्षाका लागि आवेदन दिन पाएका थिएनन् । विषयगत दरबन्दीमा आवश्यकताभन्दा बढी आवेदन परी प्रतिस्पर्धा हुँदा केही अस्थायी शिक्षक परीक्षामा असफल भएका थिए ।

सङ्घर्ष समितिका अध्यक्ष हरिवंश पराजुलीले परीक्षामा छुट अस्थायी शिक्षकको सङ्ख्या करीब १३ हजार रहेको बताउँदैं आफूहरु पेशागत सुनिश्चितताको माग राखी पुनः आन्दोलित हुने चेतावनी दिए । रासस

The post ४ हजार अस्थायी शिक्षकलाई ‘गोल्डेन ह्याण्डसेक, ८ अर्ब खर्च लाग्ने appeared first on .



from https://ift.tt/2HoEao3

No comments:

Post a Comment

Pages