खरिखोलामा नेपाल ईन्भेस्टमेन्ट बैंकको शाखा विस्तार, स्थानियमा खुसी - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Friday, March 15, 2019

खरिखोलामा नेपाल ईन्भेस्टमेन्ट बैंकको शाखा विस्तार, स्थानियमा खुसी

खुम्बु पासाङल्हमु गाउपालिका वडा नं १ खरिखोलामा नेपाल ईन्भेस्टमेन्ट बैंकको शाखा खोलिएको छ ।
नेपाल ईन्भेस्टमेन्ट बैंक लुक्लाका म्यानेजर गणेश लामाको सभापतित्व र खुम्बु पासाङल्हामु गाउपालिकाका प्रवक्ता ल्हाक्पा छिरी शेर्पाको प्रमुख आतिथ्यमा बैंकको उत्घाटन गरिएको थियो । पासाङल्हमु गाउपालिकाका प्रवक्ता ल्हाक्पा छिरी शेर्पाले बैंकको उद्घाटनले गाउबासीमा वचत गर्ने बानीको बिकास हुने र बैक निरन्तर रुपमा सन्चालन हुने बताउनु भयो ।
बैंकबाट खुम्बु पासाङल्हमु गाउपालिका वडा नं १ माप्य दुधकोशी गाउपालिका वडा नं १ र सोलु दुधकुण्ड नगरपालिका वडा नं १ का बासिन्दाहरूलाई बैंकिङ कारोबार गर्न सहज हुने भएको छ ।
कार्यक्रममा माप्य दुधकोशी गाउपालिकाका कार्यपालिका सदस्य साङ्गे शेर्पा खुम्बु पासाङल्हामु गाउपालिका वडा नं १ का महिला सदस्य याङडी शेर्पा समाजसेवी एवं स्थानिय निर्माण ब्यबसायि निमा तेण्डी शेर्पा लगायत स्थानियको सहभागीतामा बैक शाखाको उत्घाटन भएको थियो ।

The post खरिखोलामा नेपाल ईन्भेस्टमेन्ट बैंकको शाखा विस्तार, स्थानियमा खुसी appeared first on .



from https://ift.tt/2VZVnr5

No comments:

Post a Comment

Pages