टासी डोल्मा शेर्पाको शव साँढे ४ महिनापछि नेपालमा - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Tuesday, February 26, 2019

टासी डोल्मा शेर्पाको शव साँढे ४ महिनापछि नेपालमा

काठमाडौँ– इराकको बग्दादमा मृत्यु भएकी टासी डोल्मा शेर्पाको शव नेपाल ल्याउन साँढे ४ महिना लागेको छ । सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका ५ की शेर्पाको मुटुमा समस्या भएपछि गत असोज १२ गते निधन भएको थियो । तर उनको शव भने गत शनिवार मात्रै नेपाल आइपुगेको छ ।

सामान्यतया विदेशमा नेपालीको मृत्यु भएमा उनको शव नेपाल ल्याउन सामान्यतया १५ दिन लाग्छ । तर शेर्पाले मृत्युवरण गरेर पनि स्वदेश फर्कन पाइनन् । र उनको डेथ बडी नेपाल ल्याउन साँढे ४ महिना लाग्यो ।

इराकमा रोजगारीका लागि नेपालीलाई कुनै अनुमति छैन । तर शेर्पा वैदेशिक रोजगारीका लागि गैरकानुनी बाटो हुँदै लुकिछिपी ३ वर्षअघि इराक पुगेकी थिइन् । अबैध रुपमा इराक पुगेका कारण उनको शव नेपाल ल्याउन झन्झट् भएको हो ।

उनको शव नेपाल ल्याउन आवश्यक प्रक्रिया पुरा गरेर कागजपत्र कुवेतस्थित नेपाली राजदूतावासमा पठाईएको थियो । इराकमा नेपाली दुतावास नभएका कारण कुवेतबाट प्रक्रिया अघि बढाइएको हो ।

इराक कुर्दिस्तान सुलेमानिमा रहेका रेसक्यु नेपाल इराकका प्रतिनिधि देकि शेर्पा र कुर्दिस्तान प्रवासी नेपाली समाज सुलेमानीका पदाधिकारीहरुको पहलमा शेर्पाको शव नेपाल ल्याइएको हो । आईतबार बौद्ध परम्परा अनुसार दाहसंस्कार गरिएको बैदेशिक रोजगार उद्धार केन्द्र नेपालका सदस्य निमा शेर्पाले जाकारी दिनुभयो ।



from Sherpa media Group Nepal https://ift.tt/2IBuTuo

No comments:

Post a Comment

Pages