भोली राष्ट्रपतिले उद्घाटन गर्ने ‘मेची-काली विश्व अभियान’को लगि तयारी - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Friday, February 15, 2019

भोली राष्ट्रपतिले उद्घाटन गर्ने ‘मेची-काली विश्व अभियान’को लगि तयारी

सोलुखुम्बु, ३ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने सोलुखुम्बु बहुमुखी क्याम्पस, सल्लेरीको मेचीकाली विश्व अभियानको सम्पूर्ण तयारी पूरा भएको छ । भोली शनिबार राष्ट्रपति भण्डारीले उक्त अभियानको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

विगत २५ वर्षअघि प्रथम सगरमाथा आरोही सर एडण्ड हिलारीद्वारा सञ्चालित हिमालयन ट्रष्टको आर्थिक तथा भौतिक सहयोगमा वि.सं. २०५० सालमा सल्लेरीमा स्थापित क्याम्पसले दीर्घकालिन शैक्षिक योजनाका साथ यो अभियान सुरु गर्न लागेको हो ।

क्याम्पस स्थापनाको २५ बर्षमा प्रवेश गरेको रजत महोत्सवको अवसर पारेर सुरु गर्न लागिएको अभियानमार्फत सोलुखुम्बु बहुमुखी क्याम्पसलाई विश्वको शैक्षिक केन्द्रको रुपमा स्थापित गर्ने योजना रहेको क्याम्पस प्रमुख उद्धवकुमार शर्माले बताएका छन् ।

यस्ता छन् अभियानका लक्षित कार्यक्रमहरुः
क्याम्पस प्रमुख शर्माकाअनुसार यही अभियानमार्फत सबैभन्दा बढी जनसहभागितामा सञ्चालित क्याम्पसको हैसियतमा गिनीज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाउने लक्ष्य राखेको छ । जसका लागि आगामी पाँच बर्षभित्र पाँच लाख नागरिक, पाँच हजार सरकारी तथा गैरसरकारी संघसंस्था, कार्यालयहरु र कम्तीमा विश्वका २५ राष्ट्रका नागरिकलाई अभियानमा सहभागी गराउने लक्ष्य लिइएको छ ।

क्याम्पसले ट्राभल्स, टुरिजम् र माउन्टेनियरिङ कोर्स अध्यन अध्यापन गराउने योजना पनि अघि सारेको छ । यसका लागि ७७ जिल्लाबाट गरिब तथा जेहेन्दार १ छात्र र १ छात्रा गरी १५४ जना (एकबर्षेमा) र तीन बर्षे कार्यक्रमका लागि ४६२ तथा विभिन्न राष्ट्रका २५ जना र अति पिछाडिएका समुदायबाट १३ जना गरी ५ सय जनालाई निःशुल्क उच्च प्राविधिक शिक्षा प्रदान गर्नेछ ।
क्याम्पसले स्नातक र स्नातकोत्तर तहमा ट्राभल, टुरिजम् र माउन्टेनियरिङ कोर्षको लागि प्रथम बर्षमा सगरमाथाको प्रवेशद्वार नाम्चे, दोस्रो बर्षमा सगरमाथा आधारशिविर र तेस्रो बर्षमा आधारशिविर भन्दा माथि उक्लिदै थेसिस लेखाउने छन् । २५ देशका एक एक जनालाई निःशुल्क शिक्षा दिइने भएको छ ।

अभियान अन्तर्गत सोलुखुम्बु बहुमुखी क्याम्पसमा अध्ययनरत छात्रछात्रा मध्ये उच्च प्राविधिक शिक्षाको मूलधारमा आउन नसकेका, जेहेन्दार, जनजाति, दलित, गरिब, महिला र अपाङ्गता भएकाहरुलाई बार्षिक पाँच लाख छात्रबृत्ति वितरण गरी उच्च प्राविधिक शिक्षा प्राप्त गर्ने अवसर दिईने छ ।

१ अर्बको बजेट
क्याम्पसले राखेका सम्पूर्ण शैक्षिक योजनाहरु पूरा गर्नका लागि करिब एक अर्ब रुपैयाँको बजेट निर्माण गरिएको छ । उक्त रकम सहयोगी दाताहरुबाट विभिन्न तरिकाबाट संकलन गर्ने लक्ष्य लिइएको छ । समुन्द्र सतहदेखि २३०९ मिटरको उचाईमा अवस्थित क्याम्पसमा हाल १०२, ४ बर्षे बि.एड, १ बर्षे बि.एड, तीन बर्षे बी.ए, ४ बर्षे बी.बी.एस. र एम.एडको पढाई भइरहेको छ ।
यसले क्याम्पसको माध्यमबाट सोलुखुम्बु र नेपाललाई नै विश्वमा चिनाउने र क्याम्पसलाई विश्वको शैक्षिक केन्द्रको रुपमा विकास गरी पर्यटन क्षेत्रमा समेत सुधार ल्याई विदेशी मुद्रा आर्जनबाट देशलाई पनि आर्थिक टेवा पुुग्ने भनाई क्याम्पस प्रमुख शर्माको छ ।

The post भोली राष्ट्रपतिले उद्घाटन गर्ने ‘मेची-काली विश्व अभियान’को लगि तयारी appeared first on .



from http://bit.ly/2S35Xve

No comments:

Post a Comment

Pages