अारोही तथा समाजसेवी दागोम्बु शेर्पाको भृतचित्र भन्ने - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Friday, February 15, 2019

अारोही तथा समाजसेवी दागोम्बु शेर्पाको भृतचित्र भन्ने

नेपालको पर्यटन पर्वदनमा विशेष महत्व पुर्याऊने उद्देश्यका साथ स्वार्गीय दागोम्बु शेर्पाले नेपालको समग्र पर्यटन र पर्बतीय क्षेत्रमा देश बीदेशमा पुर्याऊनुभएको महत्वापुर्ण बिषयहरुलाई समेटेर पुष्तक प्रकाशन एबं बृतचित्र बन्ने भएको छ । नेपालको पर्बतीय पर्यटन क्षेत्रमा महत्वापुर्ण योगदान पुर्याऊनुभएका समाजसेबी स्वार्गीय दागोम्बु शेर्पाको बाकी सपनाहरु पुरा गराऊन मिङमा शेर्पा अदक्ष्य माहसचिब नवाङटासी शेर्पा सहित ११ सदस्यीय कार्य समिति रहेको दागोम्बु फाउण्डेशनले राजधानीमा पहिलो कार्यक्रमको आयोजना गरि नेपालका पर्यटन क्षेत्रसंघ आबध्द संघ संस्था ,पत्रकार र ब्याबसायीहरुको उपस्थितिमा सुजाब संकलन एबं उहाँका जीबनीलाई चित्रण गरी दागोम्बु बृतचित्र एबं पुस्ताक निर्मण कार्यको सुरुवात गरिएको हो । नेपाल पर्वातरोहण संघका पूर्व अध्यक्ष आङ छिरिङ ,पर्बतारोहण संघका सचिब टीकाराम गुरुङ ,टानका माहसचिब आङ पेम्बा शेर्पा ,राजनितिज्ञ जुध्द कार्की ,जनाजाती माहसंघका पुर्ब माहसचिब आङकाजी शेर्पा ,नेपाल नेशनल माऊन्टेन गाईड एशुसेशनका अदक्ष्य लाक्पा शेर्पा ,नेपाल माऊन्चेन गाईड एशुसेशनका अदक्ष्य आङनुर्बु शेर्पा लगयात पर्यटन क्षेत्रका संघ संस्थाका प्रतिनिधिहरु ,राजनैतिक दलका नेता र पत्रकारहरुको बाक्लो उपस्थिति ,दागोम्बु शेर्पाका परिवार लगायत दागोम्बु फाउण्डेशनको कार्यसमितिको उपस्थितिमा भेला सम्पन्न भएको थियो ।भेलामा संस्थाका अदक्ष्य मिङमा शेर्पाले पुस्तक प्रकाशन एबं बृतचित्र निर्मण कार्य एक वर्ष भित्र तयारी हुने गरि कार्यक्रम अगाडि बढाउने प्रतीबध्दता ब्याक्त्त गर्नुभएको छ ।

को हुन स्वार्गीय दा गोम्बु ।
स्वार्गीय दागोम्बु शेर्पा सोलुखुम्बु जिल्लाको दुर्गम गाँउ चेरेममा बुवा ङारिन्जे शेर्पा र आमा पेमदीकी शेर्पाको काखमा बि सं २०१५ असार २५ गते जन्मनु भई बि सं २०६७ पौष ४ गतेका दीन छालाको क्यान्सार रोगबाट ग्रसीत भई दुखद निधन भएको थियो । उहाँको जीबन कालखण्डमा प्रथम समाबेशी सगरमाथा आरोहण दल नामक अभियान बाट सन २००८ मा पहिलो पटक १० जना नेपाली महिलाहरुलाई सगरमाथाको चुचुरोमा पुर्याऊनु भएको थियो भने त्यस लगतै प्रथम दलीत सगरमाथा आरोहण दलको अभियानन्त ,पर्बतीय क्षेत्रमा देश एबं बीदेशमा हजारौ बिदार्थीहरुलाई प्रशिक्षण प्रशिक्षण ,ग्रमीण क्षेत्रहरुमा स्वास्थ्य शिक्षा ,उर्ज ,बाटो पुल पुलेशो लगयात बिकास निर्मण गर्नुभएको थियो भने उहाँ नेपाल नेशनल माऊन्टेन गाईड एशुसेशनका संस्थापक अदक्ष्य ,गाईड एशुसेशनका संस्थापक सदस्य ,श्री कैलाश प्रा बी को संस्थापक यि लगयात दर्जनौ संघ संस्थाहरुमा आबध्द हुनुहुनथ्यो । दागोम्बु शेर्पा निस्वार्थ रुपमा समाज विकासका लागि समाजसेवामा आफ्नो जीवन समर्पित गरिएको भन्दै बैठकमा मन्तव्यका क्रमको उहाँको कार्यको उपस्थिती सबैले प्रशंसा गरेका थिए। दागोम्बु फउण्डेशनका अध्यक्ष मिङमा शेर्पाको अध्यक्षतामा सम्पन्न भेलामा मन्तब्य राख्दै पर्बतारोहण संघका पुर्ब कोष अदक्ष्य एबं जनजाती अभियान्त आङकाजी शेर्पाले यो स्वार्गीय दागोम्बु शेर्पाको उच्च प्रसंशा गर्दै दागोम्बु सगरमाथा आरोही मात्रा नभएर दा गोम्बु शिक्षा ,स्वास्थ्य र बिकासको अभियान्त भएको र सबै मिलेर ऊहाँको बाकी सपना पुरा गर्नुपर्ने जोड दीनुभएको थियो साथै स्वार्गीय दागोम्बु शेर्पा नेपालको पर्यटन मजदुरहरुको पक्षमा महत्वापुर्ण आन्दोलनहरुको नेतृत्वा गरी सफल समेत भएको पार्टीमा टानका पूर्व अध्यक्ष चन्द्र प्रसाद रिजालले बताउनु भयो ।
समाज विकास सँगै आफूले अध्ययन गर्न नपाउदाको तितो यार्थथलाई मनन गर्दै आफ्नो गाउँको शिक्षाको लागि २ वर्ष मुद्द समेत खेपेको दागोम्बुको त्यो संघर्ष सँच्चिकै सम्मान योग्य रहेको जुद्ध कार्कीले स्मरण गर्दै त्यो संघर्षलाई कहिले विर्शन नसक्ने वताउनु भयो । आफ्नै गाउँमा स्थापना गरिएको कैलाश प्र.विलाई निरन्तरता दिन माग गर्दा सार्वजानिक मुद्दा समेत उहाँले खेप्नु परेको थियो कार्कीले पुनः थप्नु भयो ।

स्वर्गीय दागोम्बुको कार्यप्रति कार्यक्रममा सबैले सम्मान गर्र्दै उहाँले सिकाएको मार्गदर्शन कहिले विर्शन नसक्ने वताउनु भयो । सबैको मन मुटुमा वस्न सफल स्वर्गीय दागोम्बु शेर्पाको कतिपय सपनाहरु अधुरो रहेको छ । त्यही उद्देश्यलाई पुरा गर्न उहाँको नामबाट प्रतिष्ठान स्थापना भएको र उहाँका बाकी सपनाहरु पूरा गर्ने पहल तथा संस्थालाई सफल र सबल बनाईपर्यटन क्षेत्रसंघ आबध्द संघ संस्था ,अग्रज ब्याक्त्तीत्वाहरुसंगको सहकार्यमा नेपालको पर्यटन क्षेत्रमा महत्वापुर्ण योगदान गर्ने फाउण्डेशनका अध्यक्ष मिङमा शेर्पाले प्रतिवद्धता व्यक्त गर्नु भएको थियो।
नेपालको सानलाई विश्वमा चिनाउन र समाज सेवामा आफ्नो जीवन समर्पित गरेका दागोम्बु शेर्पाप्रति सरकारको ध्यान नजानु दुखत् कुरा हो । तर पनि दागोम्बु शेर्पाको नाममा प्रतिष्ठान स्थपना गरी कार्यक्रम अगाडि बढ्नु नेपालको पर्यटन र आरोहण क्षेत्रमा सकारत्मक पक्षको रुपमा लिन सकिन्छ । उहाँको नाममा पुष्तक प्रकाशन र बृतचित्र निर्माण मात्रा नभएर आरोहणको क्रममा दुर्घटना भएर बितेका परिवारका बालबालीका हरुलाई अध्यानमा सहयोग ,बार्षीक पर्यटकीय क्षेत्रमा लामो समय लागेर ओजेलमा परेका ब्याक्त्तीत्वाहरुको पुष्तक प्रकाशन गर्ने लगयातका प्रतिष्ठानको महत्वापुर्ण कार्यले नेपालको पर्यटन व्यवासायीलाई सकरात्मक सहयोग पुग्ने अपेक्षा गरेका छन् ।

The post अारोही तथा समाजसेवी दागोम्बु शेर्पाको भृतचित्र भन्ने appeared first on .



from http://bit.ly/2Xfb27w

No comments:

Post a Comment

Pages