शेर्पा समुदायमा भाषा एकरुपताको आवश्यकता - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Thursday, January 24, 2019

शेर्पा समुदायमा भाषा एकरुपताको आवश्यकता

नुरु पिनासा शेर्पा
महासचिव -शेर्पा किदुग युएई

सगरमाथाको शिखरसगै विश्व परिचित शेर्पा समुदायको आदिम थलो सोलुखुम्बु जिल्ला भएता पनि पछिल्लो समय शेर्पाहरु नेपालको विभिन्न जिल्ला तथा विदेशी मुलुकमा बसोबास गर्दै आइरहेका छन । यस अवस्थामा देश तथा विदेशमा रहेपनि आफ्नो धर्म,संस्कृति, भाषा तथा रितिरिवाजको संरक्षण,प्रवर्द्धन गर्ने उद्देश्यका साथ संघ संस्थाहरुको स्थापना गरिएको छ ।

जसमध्ये शेर्पा किदुग युएई पनि हो । यो संस्था २०११ मा स्थापना भई हरेक वर्ष आफ्नो भाषा, धर्म,संस्कृति र रितिरिवाजको संरक्षण, प्रवर्द्धनको उद्देश्यका साथ विभिन्न कार्यक्रमहरुको आयोजना गर्दै आएको छ । नेपालको विभिन्न संघ संस्था, पीडित वर्ग तथा विभिन्न ठाउँमा आर्थिक सहयोग गर्दै आइरहेको छ । विभिन्न कार्यक्रमको अवसरमा नेपालमा रहेका नया तथा पुराना शेर्पा कलाकारहरुलाई बिदेशी मुलुकमा निमन्त्रणा गरी उनिहरुको प्रतिभालाई हौसला र सुनौलो अवसर प्रदान गर्दै आएको छ ।

अहिलेको अवस्थामा कतिपय शेर्पा समुदायमा जानि,नजानि विभिन्न विकृति विसंगति जस्ता घटनाहरु घटिरहेको देखिन्छ ।

१ धर्म परिवर्तन
-किन भईरहेको छ धर्म परिवर्तन ? शान्तिको अग्रदुत गौतम बुद्धको शिक्षा र मार्गको निर्देशन तर्फ ध्यान केन्द्रित नहुनु, आर्थिक प्रलोभनमा पर्नु, आदि मुख्य कारण देखिन्छ ।

२ शेर्पाहरुको थर तथा उपथर
शेर्पाहरुको थर तथा उपथर विस्तृत तथ्यांक नभएको कारण कतिपय ठाउँमा आफ्नै दाजुभाई तथा दिदिबहिनिहरुसंग बैबाहिक सम्बन्ध गासिने अप्रिय घटनाहरु घटिरहेको सुनिन्छ ।
यसको समाधान कसरी गर्न सकिन्छ ? के सम्भव होला ? निश्चय पनि छ यदि तपाई हामि सबैले पहलगरि आफ्नो मुल गोत्र कुन हो,यस अन्तर्गत कुन थर तथा उपथर आफनो दाजुभाइ तथा दिदिबहिनिको सम्बन्ध रहन्छ, र कुन थर तथा उपथरहरुसंग बैबाहिक सम्बन्ध राख्न सकिन्छ भन्ने तर्फ सबैले ध्यान केन्द्रितगरि आफ्नो पक्षबाट अहम जिम्मेवारी लिने हो भने असम्भव केहि छैन!

३-शेर्पा भाषा सबै शेर्पाहरु आफ्नो भाषा एकरुपता किन छैन त? विभिन्न ठाउँमा आफ्नै शैली आफ्नै शब्दले नया,नया शब्दको निर्माण र यसको गलत उच्चारण र लिखित जानकारि तथा शिक्षाको कमि नै एकरुपता नहुनुको मुख्य कारण हो ।

सबै शेर्पाहरुले आफ्नो भाषालाई एकरुपता कसरी बनाउनु सकिन्छ? अवस्य पनि सकिन्छ,किनभने शेर्पाहरुको जन्म देखि मृत्युसम्म प्रयोग हुने हरेक शब्दको मुल मुहान नै सम्बोटा लिपिको माध्यमबाट नै उत्पति हुने हो,शेर्पा समुदायमा सम्बोटा लिपिबाट लिखित तथा मौखिक शिक्षा प्रदान गर्नु बाहेक अन्य कुनै विकल्प छैन र सम्बोटा लिपिबाट नै शेर्पा भाषामा एकरुपता कायम गर्न सकिन्छ, यसको लागि आवश्यक कदमहरु आजको आवश्यकता र भावि पुस्ताहरुको लागि यो माध्यम नै उत्कृष्ट व्यवस्था हो ।

यस अर्थमा हामी शेर्पाहरुले आन्तरिक तहबाट यस्ता समस्याको लागि आवश्यक जनचेतनाका लागि विभिन्न स्थानमा अभियान सञ्चालन गरि सबैलाई सचेत गराउनु पर्ने आजको आवश्यकता रहेको छ ।

जुनसुकै स्थानमा रहने शेर्पा भए पनि हामि शेर्पा एक हौं,एकजना शेर्पाको इज्जत हामी सिङगो शेर्पाको इज्जत एकजना शेर्पाको वेइज्जत सिङ्गो शेर्पाहरुको हो भनेर सोचौ र समाजमा यस्ता समस्या वा घटनाहरुको सामना गरौ, जनचेतना जगाऔ,यस्ता विकृति मुलक कृयाकलापहरु घर, समाजबाट हटाऔं ।

साथै बौद्ध धर्मवालम्बि शेर्पाहरुको महान राष्ट्रिय चाड २१४६ सा.मो फाक ल्हो ग्याल्पो लोसारको पावन अवसरमा देश तथा विदेशमा रहनु भएका बौद्ध धर्मवालम्बि तथा शेर्पाहरुलाई लोसार टासिदेलेग तथा शुभकामना दिन चाहन्छु ।

The post शेर्पा समुदायमा भाषा एकरुपताको आवश्यकता appeared first on .



from http://bit.ly/2FZ2xHh

No comments:

Post a Comment

Pages