तिङ्लामा आगलागी हुँदा पचास लाख भन्दा बढीको क्षती । - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Thursday, January 24, 2019

तिङ्लामा आगलागी हुँदा पचास लाख भन्दा बढीको क्षती ।

सोलुखुम्बुको सोलुदुधकुण्ड नगरापालिका ११ तिङलामा आगलागि हुदा ५० लाख ४० हजार धनमाल नष्ट भएको छ । हिटर ताप्ने क्रममा स्थानिय राम बहादुर कार्कीको घरमा आगालागि भएको हो ।

तिङ्लाको रमिति बजार भन्दा तल हुँगु भन्ने स्थानम आगलागि भएको हो । आगलागिबाट राम बहादुर कार्कीको घर र घरमा रहेको पसल जलेर पूर्ण रुपमा नष्ट भएको छ । आगलागिबाट राम बहादुर कार्कीको घरमा तथा पसलमा रहेको नगद १२ लाख, १२ तोला सुन, ७ लाख बारबारको लत्ता कपडा र भाडाँ जलेर नष्ट हुदा ५० लाख र हेमन सिंह कार्कीको ४० हजार क्षति भएको प्रहरीले जनाएको छ ।

आगलागि भएको घरमा कपडाको पसल थियो भने जुत्ता चप्पलको पसलमा रहेको स्थानिय शर्मिला कटुवालले जानकारी दिनुभयो । पसलको गोदाम पनि सोहि घरमा रहेकाले धेरै क्षति पुगेको बताइएको छ । दिउसो साढे १ बजे तिर लागेको आगो स्थानिय, प्रहरी, नगरपालिकाको दम्कलले करिब ३ घण्टा लगाएर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक अम्बर बहादुर निरौलालो जनाकारी दिनुभयो ।

आगलागिबाट संगैको हेमन सिंह कार्कीको घरमा पनि आगोले क्षति पु¥याएको छ । उहाँको करिव ४० हजार बराबरको क्षति पुगेको प्रहरीले जनाएको छ । आगलागीबाट कुनै मानविय क्षति भने नभएको प्रहरीले जनाएको छ ।
-solu fm

The post तिङ्लामा आगलागी हुँदा पचास लाख भन्दा बढीको क्षती । appeared first on .



from http://bit.ly/2DxXPyI

No comments:

Post a Comment

Pages