नादिङको भाकैमा म्युजिक भिडियो सार्वजनिक - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Friday, January 25, 2019

नादिङको भाकैमा म्युजिक भिडियो सार्वजनिक

काठमाडौँ ः गायक गोन्पो शेर्पा र गायिका लमु शेर्पाको नादिङको भाकैमा म्युजिक भिडियो शुक्रबार काठमाडौमा सार्वजनिक गरेको छ । वरिष्ठ गायक लाक्पा शेर्पाको प्रमुख आतिथ्यमा सार्वजनिक गरेको नादिङ भाकामा गायक गोन्पो शेर्पा र गायिका लमु शेर्पार्को स्वर रहेको छ भने ईन्द्र गुरुङको शब्द तथा संगीत रहेको छ । । गीतमा बालपनका कुराहरुलाई सम्झना गर्दै आप्mनो सस्कृति जोगाउन खोजिएको चित्रण गरेको गायक गोन्पो शेर्पाले जानकारी दिनुभयो । यस अघि नै शेर्पाको छोरो हिरो छ ,माथी माथी हिमाली पाखैमा जस्ता चर्चित सेलो भाका ल्याइ सकेका गायक गोन्पो शेर्पाले ती गीतहरुको सफलता र दर्शकको मायाले पुनह लोसारको अवसर पारेर यो अर्को गीत बजारमा ल्याएको बताउनुभयो । यो गीतबाट पनि सबैको मायाको अपेक्षा गरेको बताउनुभयो । गीतको म्युजिक भिडियो रोशन फुयाव निर्देशन सम्पादन गरेका हुन् भने गीत अन्नपुर्ण स्टुडियो रेकर्ड गरिएको हो । म्युजिक भिडियोमा मिस र्शर्पा २०१७ सोनाम डोल्मा शेर्पा ,हास्या कलाकार पासाङ टि शेर्पा ,टिन्छेन फामाक नायक छोङबा शेर्पा र निरन्जली लामाले अभिनय गरेका छन । शेर्पा समुदायमा चर्चा कमाएका सफल व्यक्तिहरुले अभिनय गरेकाले साथै भिडियो पनि राम्रौ बनाउने कोशिस गरेकाले म्युजिक भिडियोले राम्रो बजार पाउनेमा आफु विश्वस्त रहेको गायक गोन्पो शेर्पा र गायका लामु शेर्पाले बातउनुभयो । म्युजिक भिडियो छायाँकन प्रकाश तामाङ र कोरियोग्राफ खेम मोक्तानले गरेका छन । छायाँकन जारसिङ पाउवमा गरिएको छ ।



from Sherpa media Group Nepal http://bit.ly/2FY4svO

No comments:

Post a Comment

Pages