पूर्व एमाले जिल्ला सदस्यसहित दर्जनौं ससफो प्रवेश - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Saturday, January 26, 2019

पूर्व एमाले जिल्ला सदस्यसहित दर्जनौं ससफो प्रवेश

सोलुखुम्बु । पूर्व एमाले जिल्ला सदस्य डब्बलकाजी कार्कीसहित दर्जनौं नेता कार्यकर्ता संघीय समाजवादी फोरममा प्रवेश गरेका छन् । सोलुखुम्बुको लिखुपिके गाउँपालिकामा आयोजित कार्यक्रममा पूर्व जिल्ला सदस्यहरु गेल्बुछिरी शेर्पा, पेम्वा शेर्पा, कल्ज्याङ शेर्पासहितका नेताहरु प्रवेश गरेको हो । त्यस्तै, स्थानीय तह निर्वाचनमा वडा अध्यक्ष, सदस्यका दावेदारहरु समेत पार्टीमा प्रवेश गरेको जनाएको छ । नेकपा, कांग्रेस र नयाँशक्तिका स्थानीय नेताहरुलाई समाजवादी फोरमका केन्द्रीय सदस्य लाक्पा शेर्पाले पार्टीको सदस्यता दिएर प्रवेश गराएको जनाएको छ । पूर्ववत पार्टीले जनादेश विपरित क्रियाकलाप गरेको, जनताको मतको सम्मान गर्न नसकेको, पार्टी पंक्ति स्वइच्छाचारी भएको, स्थानीय निकायका पदाधिकारीहरु भ्रष्टाचारमा लिप्ता भएको, वडा अध्यक्षहरु ठेकेदारको रुपमा प्रस्तुत भएको, सेवा भन्दापनि कमाउन धन्दामा लागेको भन्दै उनीहरुले पार्टी परित्याग गरेको हो । संघीय समाजवादी मात्रै अबको वैकल्पिक राजनीतिक पार्टी भएको र सबै जाति, वर्ग मिलेको समतामुलुक समाज निर्माण गर्न सकेको खण्डमा मात्रै नेपालको समृद्धी संभव रहेको उनीहरुको भनाइ छ । गाउँगाउँमा सिहंदरवार भनिएपनि गाउँमा सिहंहरुको मात्रै विगविगी बढेकाले वास्तवमै संघीयतालाई संस्थागत गर्न समाजवादी फोरम मात्रै एक विकल्प रहेकोले आफूहरु लामो समय संघर्ष गरेको पार्टी परित्याग गरि नयाँ विचार, सिद्धान्तसहितको पार्टीमा प्रवेश गरेको नेता डब्बलकाजी कार्कीले बताए ।

आयोजित भेलाले गेल्बु छिरी शेर्पाको अध्यक्षतामा २१ सदस्यीय लिखुपिके गाउँ समिति समेत सो अवसरमा गठन गरेको छ । गठित समितिले डब्बलकाजी कार्कीलाई इन्चार्ज तोकेको जनाएको छ । समितिको उपाध्यक्षमा पेम्वा शेर्पा र कल्ज्याङ शेर्पा, सचिवमा धिरज वस्नेत, सहसचिवमा ल्हाक्पा सोनाम शेर्पा र कोषाध्यक्षमा मनिता श्रेष्ठ लगायत रहेका छन ।
नवगठित समितिले पार्टीलाई आगामी चुनावमा पहिलो नम्बरमा उभ्याउने लक्ष्यसहित अघि बढाउने प्रतिवद्धता व्यक्त गरे ।

The post पूर्व एमाले जिल्ला सदस्यसहित दर्जनौं ससफो प्रवेश appeared first on .



from http://bit.ly/2TfOBg2

No comments:

Post a Comment

Pages