“नाधिङको भाकैमा” म्युजिक भिडियो सार्वजनिक - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Saturday, January 26, 2019

“नाधिङको भाकैमा” म्युजिक भिडियो सार्वजनिक

गायक गोन्पो शेर्पा र गायिका ल्हामु शेर्पाको ‘नाधिङको भाकैमा’ म्यूजिक भिडियो सार्वजनिक भएको छ । काठमाडौ बौद्धा स्थित चुच्चे पाटीमा रहेको जातो क्याफेमा वरिष्ठ गायक लाक्पा शेर्पाको प्रमुख आतिथ्यमा म्युजिक भिडियो सार्वजनिक गरिएको हो । ईन्द्र गुरुङको शब्द रहेको ‘नाधिङ भाकैमा’ शेर्पा समुदायले गाउने लयमा आधारित छ ।गीतमा बालपनका कुराहरुसमेटिएको छ भने जनजातिहरुको  संस्कृति संरक्षणका लागि पनि  सहायक  हुने गायक शेर्पाले बताउनुभयो ।  भन्छन् ‘नाधिङ भाकैमा’ बाट मैले दर्शकको  माया पाउने आशा गरेको छु ।

पहिलो भेटमा  माघी त गाउँला नाधिङको भाकैमा

बिर्सेको छैन त्यो बालपना झलझली आँखैमा

म्यूजिक भिडियोमा मिस शेर्पा २०१८ को  सोनाम डोल्मा शेर्पा, हाँस्य कलाकार पासाङ टी शेर्पा, टिन्छेन फामाका नायक छोङबा शेर्पा र निरन्जली लामाले अभिनय गरेका छन् ।

The post “नाधिङको भाकैमा” म्युजिक भिडियो सार्वजनिक appeared first on DakpiKhabar.com.



from DakpiKhabar.com http://bit.ly/2MB1MFz

No comments:

Post a Comment

Pages