शेर्पा संघले १ नम्बर प्रदेशको नामकरण शेर्पा प्रदेश हुनुपर्ने माग राख्दै ज्ञापन – पत्र - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Sunday, January 13, 2019

शेर्पा संघले १ नम्बर प्रदेशको नामकरण शेर्पा प्रदेश हुनुपर्ने माग राख्दै ज्ञापन – पत्र

नेपाल शेर्पा संघको नेतृत्वमा शेर्पा समुदायले प्रदेश नम्बर १ का मूख्यमन्त्री श्री शेरधन राईज्यूलाई प्रदेश न° १ को नामाकरण सम्बन्धमा समुदायको आधिकारिक धारण प्रतिवेदन मार्फत प्रदेशको अस्थायी राजधानी बिराटनगरमा आज मिति २०७५ पौष २९ गते आइतबारको दिन करिब ३:३० बजे समुदायका सस्थागत तथा अग्रज ब्यक्तित्वहरूको प्रतिनिधिमुलक सहभागीतामा प्रतिवेदन पेस गरिएको छ ।

नेपाल शेर्पा संघको अध्यक्ष आङ दोर्जी लामा शेर्पाले प्रस्तुत प्रतिवेदन

धर्मनिरपेक्ष सङ्घीय गणतन्त्र नेपालको पूर्व ताप्लेजुङ देखि पश्चिम रसुवासम्म विश्वविख्यात नेपालका हिमाली आदिवासी शेर्पा जातीको ऐतिहासिक पुर्खौली थापथलो भएकाले नेपाल राज्यको पुर्नसंरचना गर्दा शेर्पाजातीको पहिचानको आधारमा शेर्पालुङ ( शेर्पा प्रदेश ) स्थापनार्थ लाचौ शेर्पाहरुले प्रथम संविधान सभादेखि निरन्तर सशक्त आन्दोलन र आवाज उठाउदै आईरहेको व्यहोरा निम्न तथ्यहरु सहित माननीय मुख्यमन्त्रीज्यूलाई अवगत गराउन चहान्छौ ।

शेर्पा जातीको पहिचानको आधारमा ऐतिहासिक प्रथम संबीधानसभा राज्य पुर्नसंरचना समितिद्वारा प्रस्तावित १४ प्रदेशमा शेर्पालुङ ( शेर्पा प्रदेश ) समावेश भएको , नेपालका पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दहाल ( प्रचण्ड ) ज्युको प्रमुख आतिथ्यमा सोलुखुम्बु सल्लेरीमा शेर्पालुङ ( शेर्पा प्रदेश ) घोषणा भएको ,शेर्पाहरुको ऐतिहासिक पुख्यौली थातथलोलाई प्रदेश नं १ र ३ मा खण्डित गरिएको ७ प्रदेशको संरचनाप्रति सम्बन्धित निकायहरुमा गम्भिर असहमति प्रकट गरिएको , २०६२ / ६३ को जनआन्दोलन , १० बर्षे जनयुद्ध , आदिवासी जनजाति र मधेसीहरुको आन्दोलनको क्रममा नेपाल सरकारले हस्ताक्षर गरेका सहमति र सम्झौता साथै प्रथम , दोस्रो संविधानसभा र स्थानीय तहको निर्वाचमा राजनीतिक दलहरुले नेपालमा विधामान जातिय , लैगिक , क्षेत्रिय र बर्गिय विभेद अन्त्य गरेर समतामुलक नेपाल निर्माणको प्रतिबद्धता जनाएकोले नेपालको संविधान २०७२ को धारा २९५ ( २ ) बमोजिम प्रदेशसभाद्वारा प्रदेशहरुको नामाकण गरिदा प्रदेश नं १ भित्र शेर्पा जातीको ऐतिहासक पुर्खौली भुमी समेत भएकोले प्रदेश नं १ को नामकरण गर्दा किरात – लिम्बुवान – शेर्पालुङ प्रदेश रहने । व्यवस्था गरिदिनु हुन माननीय मुख्यमन्त्रीज्यू समक्ष यो ज्ञापन – पत्र पेश गर्दछौ।

The post शेर्पा संघले १ नम्बर प्रदेशको नामकरण शेर्पा प्रदेश हुनुपर्ने माग राख्दै ज्ञापन – पत्र appeared first on .



from http://bit.ly/2FupyBN

No comments:

Post a Comment

Pages