सोलुखुम्बुको दिप्लीघाटमा बेलिब्रिज बन्ने - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Monday, December 24, 2018

सोलुखुम्बुको दिप्लीघाटमा बेलिब्रिज बन्ने

सोलुखुम्बुको दुधकोशी नदीमा बेलिब्रीज बन्ने भएको छ । आइतबारका मन्त्रीस्तरीय निर्णयले दुधकोशीमा बेलिब्रिज निर्माण गर्ने निर्णय गरेको हो । थुलुङ दुधकोशी र सोताङ गाउँपालिकाको दिप्लीघाटमा बेलिब्रिज निर्माण गर्ने निर्णय भएको सोलुखुम्बु प्रदेश सभा क का सांसद उत्तम बस्नेतले जानकारी दिए । करिब दुई महिना भित्र बेलिब्रिज निर्माण गरिसक्ने योजना आफ्नो रहेको बस्नेतले बताए ।

दिप्लीघाटमा अहिले ह्युम पाइप राखेर अस्थायी रुपमा सवारी आवत जावत भईरहेको छ । ‘जन चाहना र आवश्यक्ता बमोजिम निर्णय भएको छ, अब सबैको सहयोग भयो भने चाँडै निर्माण सम्पन्न हुन्छ’ उनले भने । दिप्लीघाटमा बेलिब्रिज निर्माण पछि सोलुखुम्बुको थुलुङ दुधकोशी, सोताङ , महाकुलुङ र माप्य दुधकोशी गाउँपालिकाबासी प्रत्यक्ष रुपमा लाभान्वित हुनेछन् ।

बेलिब्रिज निर्माणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महाशेठको अध्यक्षतामा बसेको मन्त्रीस्तरीय बैठकले निर्णय गरेको हो । बेलिबृज निर्माण भएपछि कोशीपारी गाउँपालिकाका स्थानीयले सहज रुपमा सदरमुकाम सल्लेरी लगायत केन्द्रीय राजधानी काठमाडौं, प्रदेशको अस्थायी राजधानी विराटनगर आवत जावत गर्न सक्नेछन् । यसको साथै कोशीपारी उत्पादित विभिन्न कृषिजन्य वस्तुहरु सहज रुपमा बजारसम्म पुर्याउन समेत सकिने सांसद बस्नेतले बताए ।
Source:solukhumbuonline

The post सोलुखुम्बुको दिप्लीघाटमा बेलिब्रिज बन्ने appeared first on .



from http://bit.ly/2Sku9Kz

No comments:

Post a Comment

Pages