गुरुङ समुदायले आज तमु ल्होसार मनाउदै - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Saturday, December 29, 2018

गुरुङ समुदायले आज तमु ल्होसार मनाउदै

गुरुङ समुदायको नयाँ वर्ष तमु ल्होसार आज गुरुङ समाजले काठमाडौंको टुँडिखेलमा विशेष कार्यक्रम आयोजना गर्दै मनाइ रहेका छन ।
पुरानो वर्षको बिदाइ र नयाँ वर्षलाई स्वागत गर्न यो पर्व मनाउने गर्छ ।
मध्याह्न १२ बजे टुँडिखेलमा विशेष कार्यक्रम सुरु हुनु अगाडि बसन्तपुर क्षेत्रबाट झाँकीसहित र्‍याली निकालिने समाजले जनाएको छ ।
तमु अर्थात गुरुङ समुदायको बाहुल्य रहेको गण्डकी प्रदेशमा आज सार्वजनिक विदासमेत दिइएको छ ।

तमु ल्होसारको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), कांग्रेस सभापति शेरबहादुर देउवा, सभामुख कृष्णबहादुर महरालगायतले शुभकामना वक्तव्य दिएका छन् ।

गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको हो । त्यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोबास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाइने विश्वास गरिन्छ ।

श्रोत अनलाइन खबर

The post गुरुङ समुदायले आज तमु ल्होसार मनाउदै appeared first on .



from http://bit.ly/2EYaQDs

No comments:

Post a Comment

Pages