बौद्ध गुम्बामा काग्युर तेंग्युर ग्रन्थ पाठ वाचन सम्पन्न - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Sunday, December 23, 2018

बौद्ध गुम्बामा काग्युर तेंग्युर ग्रन्थ पाठ वाचन सम्पन्न

राजेश रुम्बा तामाङ,पौष ८ । नेपाल अहिंसा बादी बौद्ध धर्म बिस्वशान्ती चक्र संघको नवलपरासी स्थित बिनय त्रिबिनि गाउँ पालिका वडा नं २ दवन्नेमा रहेको केन्द्रीय संङ्ग देक्षिनलिङ बौद्ध गुम्बामा बिगत १५ दिन देखि चल्दै अाएको २५ अौं काग्युर तेंग्युर ३३३ ठेली ग्रन्थ पाठ वाचन एक कार्यक्रमका बिच सम्पन्न भएको छ ।

बिनय त्रिबिन्नि गाउँ पालिकाका अध्यक्ष डम्बरबहादुर जिसी प्रमुख अतिथि रहेको सो कार्यक्रमको अध्यक्षता ज्योमो हिशे छ्योग्याल्मोले गर्नु भएको थियो भने प्रमुख धर्म गुरु खेन्पोला पेमा सम्बा लामा , बिशेष्ट् अतिथि धर्म गुरु तथा महासँघका महासचिव प्रेम दोर्जे बल लामा ,सोही गाउँ पालिकाकी उपाध्यक्ष मिना कुमारी राना सहित रसुवा ,इलाम,सिन्धुपाल्चोक ,नुवाकोट मकवानपुर , चितवन लगाएत देसका विभिन्न स्थान बाट अाइपुगेका सयौं भक्तजनहरुको उपस्थितिमा सो कार्यक्रम सम्पन्न भएको हो।

सोही गुम्बाको मतहतमा रहेको बिधापिठकी प्रिन्सिपल अानी साम्तेनले स्वागत मन्तव्य राखेको कार्यक्रमलाई बिच बिचमा बुद्ध भजन गाएर गायिका बिनिता रसाइलीले उपस्थित सम्पुर्ण भक्तजनलाई मनोरञ्जन दिलाएको थियोे भने कार्यक्रम सञ्चालिका अानि याङ्चेन डोल्माले पनि रोचक सायरीका शब्दहरु पस्केर दर्शक दिर्गको मन तानेकी थिइन् ।

प्रमुख अतिथि जिसीले वास्तवमा धर्म बुझ्ने हो भने अन्य धर्म भन्दा बौद्ध धर्म पृथक मात्रै नभइ सम्पुर्ण प्राणी जगतको कल्याण हुने खाल्को धर्म रहेकोले बौद्ध धर्मको त्रिपिठक अनुसार पञ्चसिलको अनुसरण गर्न सके सबै प्राणी जगतको कल्याण हुने बताए ।
साथै प्रमुख अतिथि तथा अन्य जनप्रतिनिधि अतिथिहरुले सो क्षेत्रमा बौद्ध गुम्बा हुनु र विभिन्न समयमा यसरी धार्मिक कार्यक्रम गरेर समाजलाई सतकर्ममा लाग्न ठुलो योगदान दिदै अाएकोले सोको निरन्तरताको निम्ति अाफुहरुले स्थानीय सरकारको तर्फबाट सक्दो बजेट बिनियोजन गर्ने प्रतिबद्धता सामेत जाहेर गरे ।

कार्यक्रमको बिचबिचमा धर्मगुरुहरुले प्रवचन सहितको मन्तव्य राख्नु भएको थियो भने बिधापिठका नानी बाबुहरुले अा-अाफ्नो नृत्य तथा गायन पस्केर उपस्थित श्रद्धालु भक्तजनहरुलाई मन‍‍ोरन्जन दिलाएका थिए ।

The post बौद्ध गुम्बामा काग्युर तेंग्युर ग्रन्थ पाठ वाचन सम्पन्न appeared first on .



from http://bit.ly/2EJdfRz

No comments:

Post a Comment

Pages