आरोहण अभियानबारे जानकारी दिन पत्रकार सम्मेलन - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Sunday, December 23, 2018

आरोहण अभियानबारे जानकारी दिन पत्रकार सम्मेलन

काठमाडौँ, पौष ९ । “हामी पनि गर्न सक्छौ” भन्ने नाराका साथ सगरमाथा आरोहण अभियानमा रहेका दुइ विधवा महिलाहरुले पत्रकार सम्मेलन गर्ने भएका छन ।
सगरमाथा आरोहण अभियानबारेमा जानकारी दिन पत्रकार सम्मेलन गर्न लागेको अभियानमा सरिक रहेकी निमा डोमा शेर्पाले जानकारी दिइन । उनका अनुसार यही पौष ११ गते बुधवारका दिन नेपाल पर्यटन बोर्डको हलमा पत्रकार सम्मेलन गरि आरोहणको बारेमा पत्रकारहरुलाई जानकारी दिन लागेको बताइन ।
२०१९ मा सगरमाथा आरोहण तयारीमा रहेकी निमा डोमा शेर्पा र र्फुदिकी शेर्पा आरोहण सफल बनाउन मनाङ जिल्लामा रहेको चुलु इष्ट र सोलुखुम्बु जिल्लामा रहेको आइस ल्याण्ड पिकको सफल आरोहण गरि सकेका छन ।
आरोहण अभियानलाई तिव्रता दिनका लागि पत्रकार सम्मेलन गर्न लागेको र्फुदिकी शेर्पाले जानकारी दिइन ।
सगरमाथा आरोहणका क्रममा श्रीमान घुमाएका यी दुइ महिलाहरु हिमालमा श्रीमान घुमाएर एकल भइ बसेका महिला दिदीबहिनीलाई हौसला दिनमा लागि परेका छ ।

The post आरोहण अभियानबारे जानकारी दिन पत्रकार सम्मेलन appeared first on .



from http://bit.ly/2rROzi8

No comments:

Post a Comment

Pages