४ सय ७० जना विद्यायर्थीलाई न्यानो कपडा र बिद्यालयलाई सिसि टिभी वितरण - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Saturday, December 29, 2018

४ सय ७० जना विद्यायर्थीलाई न्यानो कपडा र बिद्यालयलाई सिसि टिभी वितरण

 

रामेछाप , पौष १३
नेपाली कांगे्रस रामेछापका नेता तथा महादिवेशन प्रतिनिधी भरत चौलागाईले आफनो ब्यतिगत लगानीमा ४ सय ७० जना विद्यायर्थीहरुलाई न्यानो कपडा तथा विद्यालयका शिक्षाकहरुलाई झोला, बिस थान सिसि टिभी क्यामेरा र एक थान ईलेक्ट्रोनीस् हाजिरी मेसिन वितरण गरेका पत्रकार मिलान बि.क.ले जानकारी दिनुभयो । मन्थली नगरपालिका ४ सालुमा रहेको सेती देवि माविमा अध्ययनरत कक्षा सिशु देखि कक्षा १२ सम्मका छात्रा,छात्रलाई सो कपडा वितरण गरेका हुन । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र कुमार बस्नेतको अध्यक्ष्यतामा तथा नेपाली कांग्रेस रामेछापका पुर्व जिल्ला सभापति रामचन्द्र खड्काको प्रमुख अतिथेतामा भएको कार्यक्रममा बोल्दै उनले आफु कुनै स्वार्थ तथा लाल्चाको लागि नभई विसुध मानव जातिले गर्नु पर्ने कर्तब्य पुरा मात्र गरेको बताएका छन् । नेता चौलागाईले आफुले राननितिक स्वार्थ तथा पदको कुनै पनी भवनामा आफु नरहिख विद्यायर्थीहरुको पठनपाठनलाई सहजता ल्याउन र विद्यायर्थीहरुलाई पढाईमा लागन पे्ररण प्रदान गर्ने विश्वसका साथ सो कार्य गरेको स्पष्ट परेका छन् ।

नेपाली कांग्रेस पार्टी एक ईतिहस बोकेको पार्टी भएकोले यो पार्टी शिक्षाक, विद्यायर्थी, अभिभावक सबैको दुख,सुख बोल्ने पार्टी भएको नेपाली कांग्रेस रामेछापका पुर्व जिल्ला सभापति एंवम नेता रामचन्द्र खड्काले बताएका छन् । न्यानो कपडा वितरण कार्यक्रमा बोल्दै नेता खड्काले रामेछापको विकास र समुनति गर्न सदैब नेपाली कांग्रेस लगिरहेको बताएका हुन । उनले विद्यालयमा अध्ययनरत विद्यायर्थीहरु भोलीको देशका निर्माण गर्ने हतियार रहेकोले उनिहरुलाई उचित खल्को शिक्षामा जोडदिन सबैमा आग्रह गरेका छन् ।

कार्यक्रमा नेपाली कांंग्रेस रामेछाप जिल्लाका प्रमुख तथा प्रतिनिधी,नेपाली कांग्रेस रामेछापका भातृ सस्थाका प्रमुख तथा प्रतिनिधी,शिक्षक,विद्यायर्थी,बुद्धिजिवि,अभिभावक लगाएतको उपस्थिती रहेको थियो ।



from Sherpa media Group Nepal http://bit.ly/2RfsmJt

No comments:

Post a Comment

Pages