सरुनाको लाईट र रियाको द इसेन्स प्रदर्शनीमा - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Friday, December 28, 2018

सरुनाको लाईट र रियाको द इसेन्स प्रदर्शनीमा

पाटन संग्राहलयमा लाईट र द इसेन्स नामक दुइवटा एकल चित्रकला प्रदर्शनीको उद्घाटन भएको छ । योङ् पिकासोको आयोजनामा चित्रकार सरुनादेवी महर्जनको लाईट र रिया बज्राचार्यको द इसेन्स नाम दिइएको एकल चित्रकलाको संयुक्त रुपमा उद्घाटन गरिएको हो ।
ललितपुर उद्योग बाणिज्य संघका अध्यक्ष कृष्णलाल महर्जनद्धारा उद्घाटन गरिएको उक्त चित्रकला प्रदर्शनीमा सरुनादेवी महर्जनका लाईट नाम गरेका १४ वटा चित्रहरु प्रदर्शनीमा राखिएका छन् । महर्जनका चित्रहरु महिला संवेदनामा आधारित रहेका छन् । आफ्ना चित्रबाट महिलाले गरेका दुःखबाट संसार चलेको चित्रण गर्ने प्रयास गरेको चित्रकार महर्जनले बताइन ।
यसैगरि चित्रकार रिया बज्राचार्यको एकल प्रदर्शनीमा पनि १४ वटै चित्रहरु प्रदर्शनीमा राखिएका छन । जीवनका उमंग र उत्साह भर्ने चित्रहरु कोर्ने गुण रहेको बज्राचार्यको चित्रहरुमा देख्न सकिन्छ । आफ्ना चित्रहरुबारे बज्राचार्यले भनिन्, “मैले कोरेका सबै चित्रहरु विभिन्न फुलसँग सम्बन्धित हुनुको कारण भनेको मैले जीवनमा देखेका आशा हुन्, त्यही आशालाई फुलका मार्फतबाट देखाउने प्रयास गरेको छु ।”
उद्घाटन समारोहमा सम्बोधन गर्दै आयोजक संस्था योङ् पिकासोका निर्देशक अजय देशारले नयाँ पुस्ताका चित्रकार उत्पादन गरी चित्रका मार्फतबाट प्रतिभा प्रस्फुटन गर्नु आफ्नो प्रमुख ध्येय रहेको बताएँ । पत्रकार महासंघकी केन्द्रीय सदस्य मिरा राजभण्डारीले महिलाको क्षमता विकासमा कलाकारितको महत्व रहेको बताइन् ।
ललितपुर उद्योग बाणिज्य संघका अध्यक्ष कृष्णलाल महर्जनले कलाको विकासमा सधै सहयोग रहने प्रतिबद्धता ब्यक्त गरे ।
चित्रकार, कलाकार तथा पत्रकारहरुको बाक्लो उपस्थितिमा उद्घाटन भएको उक्त प्रदर्शनी आगामी आइतबारसम्म चल्नेछ ।



from Sherpa media Group Nepal http://bit.ly/2rYaQuH

No comments:

Post a Comment

Pages